बाराको पचरौता नगरपालिकामा झडप प्रहरी द्वारा अश्रुग्यास प्रहार

वीरगञ्ज – बाराको पचरौता नगरपालिकामा दुई पार्टीका कार्यकर्ता बिच झडप भएको छ । पचरौता नगरपालिका २ स्थित मतदान केन्द्रमा जनता समाजवादी पार्टी र नेकपा एमालेको कार्यकर्ता बिच झडप भएको हो । झडपलाइ नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । स्थिति तनावग्रस्त भए पछि अहिले मतदान रोकिएको छ । एमाले कार्यकर्ता हरुले बुथ कब्जा गर्न […]

सम्बन्धित सामग्री

दोलखा र बाराको केहि मतदान केन्द्रमा दुई पक्ष बीच विवाद, मतदान कार्य रोकियो

वैशाख ३०, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शुक्रवार दोलखाको बैतेश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ। मतदानस्थलमा दुई पक्षबीच झडपको स्थिति आएपछि मतदान रोकिएको हो । जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार उक्त पालिकाको वडा नम्बर १ र २ का मतदानस्थलमा मतदान शुरू भएलगत्तै दुई पक्षबीच झडप भएपछि हाल मतदान कार्य स्थगित रहेको छ  । मतदानस्थलमा ढुंगा प्रहार गर्दै बुथ नै कब्जा गर्ने प्रयास भएपछि प्रहरीले हवाई फायरसमेत छ। मतदान  जारी रहेका बखत ढुंगा हानाहान भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दुई राउण्ड हवाई फायर गरेको स्रोतले बताएको छ । यसैगरी बारा जिल्लाको देवताल गाउँपालिका  ७ मा मतदानका क्रममा झडप भएको छ । दुई पक्षबीच विवाद हुँदा झडप भएको हो । झडपका क्रममा एक जना सख्त घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ भने हाल मतदान पनि रोकिएको छ । यस्तै पचरौता नगरपालिका २ बैरिया मतदान केन्द्रमा दुई समूहबीच विवाद भएको छ । र मतदान कार्य स्थगित भएको छ ।यसैगरी बाजुराको बुढिगंगा नगरपालिकामा पनि विवाद भएको छ । त्यहाँ पनि मतदान शुरु हुन सकेको छैन । त्यस्तै हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मतदान केन्द्रमा झडप हुँदा  मतदान केन्द्रका मतदान अधिकृतसहित दुई जना घाइते भएका छन् । घाइते हुनेमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र कार्यालय सहयोगी तथा एक जना स्थानीय महिला रहेको बुझिएको छ । झडपपछि प्रहरीले ८ राउण्ड अश्रुग्यास प्रहार गरेको स्थानीयले बताएका छन् ।