जसपाबाट विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी हालै सम्पन्न आम निर्वाचनमा राष्ट्रिय पार्टी बन्न सकेन । समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसक्दा यो पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फमात्र प्रतिनिधित्व गरेको छ ।२०७४ को निर्वाचनसम्म राष्ट्रिय जनता पार्टीका नाममा क्रियाशील रहेको पार्टी र तत्कालीन संघीय समाजवादी पार्टीबीचको एकतापछि जसपा नेपाल बनेको थियो । तर पार्टी विभाजन भएर पूर्व राजपा पक्षका नेताहरुले लोसपा गठन गरे । मधेसवादी दल बनाएर २०६४ देखि चुनावमा भाग लिएको इतिहास बोकेको पार्टी यो निर