पोखरामा एक हप्ते निषेधाज्ञा प्रभावहीन : मंगलबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

पोखराः जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा थप कडाइ गर्ने निर्णय गरेको छ। वैशाख १५ गतेदेखिको जारी निषेधाज्ञा सकिनुभन्दा एक दिन अगावै निषेधाज्ञा कडाइ गर्ने निर्णय भएको हो। कोरोनाका कारण स्थिति भयावह हुने आशंकामा थप कडाइको निर्णय भएको हो। यसअघिको निषेधाज्ञामा स्थानीय प्रशासनले निजी र सार्वजनिक सवारीसाधन जोरबिजोर प्रणालीमा चल्न…

सम्बन्धित सामग्री

भारतका किसान फेरि आन्दोलित, दिल्लीमा निषेधाज्ञा, यातायात सेवा प्रभावित

१ फागुन, काठमाडौं । भारतका किसानहरु फेरि आन्दोलित भएका छन् । विभिन्न प्रदेशबाट केन्द्रीय राजधानी दिल्ली प्रस्थान गरेका किसानहरुका कारण यातायात सेवा प्रभावित भएको छ । दिल्ली प्रशासनले पूरै प्रदेशभर निषेधाज्ञा जारी गरेको छ । यसअघि २०७७ सालमा पनि भारतका किसानहरु आन्दोलित भएका थिए । उनीहरुले किसान मार्च निकालेर दिल्ली पुगेर प्रदर्शन गर्दा जनजीवन प्रभावित […]

निषेधाज्ञा खुकुलो भएसँगै सरकारी कार्यालयमा सेवा लिनेको चहलपहल

दुल्लु । निषेधाज्ञा खुकुलो भएसँगै सेवा लिन आउने सेवाग्राहीको सङ्ख्या चहलपहल बढेको छ । शुक्रबारदेखि नै सरकारी कार्यालयमा चहलपहल बढेर गएको पाइएको हो । प्रशासनले निषेधाज्ञा खुकुलो पारेसँगै सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । निषेधाज्ञा खुकुलो पारेदेखि सेवाग्राहीको भीड नै लाग्ने गरेको कार्यालय प्रमुखले बताएका छन् । लगभग वैशाखदेखि यही असार १७ गतेसम्म […]

आजदेखि खुल्यो पोखराको निषेधाज्ञा

काठमाडौं। गण्डकी प्रदेशको राजधानी पोखराको निषेधाज्ञा आजदेखि खुलेको छ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि वैशाख दोस्रो सातादेखि लागू भएको निषेधाज्ञा आजदेखि पूर्णरुपमा खुलेको हो। आजदेखि महानगरपालिकाको सम्पूर्ण सेवा सञ्चालनमा आउने बताइएको छ। महानगर भित्रका ३३ वटै वडा कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै सेवा सञ्चालन गर्ने भएका हुन्।

जुम्लामा निषेधाज्ञा: स्वास्थ्य सेवा बाहेक सबै ठप्प

शुक्रबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र जुम्लाले जिल्ला सुरक्षा समितिलाई १० दिन कडा निषेधाज्ञा जारी गर्न सिफारीस गरेपछि दोस्रो चरणको निषेधाज्ञा शुरु भएको हो।

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

निषेधाज्ञा अवधिमा डिम्याट नखुल्ने

काठमाडौं। निषेधाज्ञा अवधिमा बैंकको भिडभाड घटाउन वाणिज्य बैंकले डिम्याट खाता नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघले आजदेखि निषेधाज्ञा अवधिभर डिम्याट नखोल्ने निर्णय गरेको हो। अधिकांश सेवा बन्द गर्दा पनि निषेधाज्ञामा बैंकको भिडभाड कायमै छ। सोहीकारण, भिडभाड कम गर्ने लक्ष्यसहित डिम्याट नखोल्ने निर्णय संघले गरेको हो।

७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा

काठमाडौं। देशका ७७ मध्ये ७३ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लाहरुमा कोरोना भाइरस संक्रमतिको संख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयले जनाएको छ। हाल निषेधाज्ञा जारी गरिएका जिल्लाहरुमध्ये ६ जिल्लामा आंशिक र ६७ जिल्लामा पूर्ण निषेधाज्ञा लगाइएको छ। निषेधाज्ञा जारी गरिएका जिल्ला र स्थानहरुमा अत्यावश्यक सेवा र पास लिएका बाहेक अन्य सवारी साधनको आवागमनलाई निषेध गरिएको छ।

कोराना कहर : मुगुमा पनि एक सातासम्म निषेधाज्ञा

मुगु : हिमाली जिल्ला मुगुमा पनि निषेधाज्ञा लागु गरिएको छ। केहि दिनयता यहाँ कोरोना भाइरसबाट सङ्क्रमितहरूको संख्या बढ्न थालेपछि रोकथाम तथा नियन्त्रण निम्ति बुधवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। निषेधाज्ञा एक सातासम्म लागू हुनेछ।कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञा लगाइएको प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले बताए। उनका अनुसार जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा प

उपत्यकाको निषेधाज्ञा : कतै जाम, कतै सुनसान (फोटोफिचर)

काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा लागू गरिएको छ ।निषेधाज्ञापछि काठमाडौंका अधिकांश सडक सुनसान बनेका छन् । निजी सवारी साधन चलेपछि सार्वजनिक यातायात भने फाट्टफुट्ट रुपमा...

बर्दियामा एक साता निषेधाज्ञा जारी

बर्दिया : छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ।जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न सोमबार राति १२ बजेदेखि लागु हुने गरी वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो।निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए।