उनले मेरो नागरिकता मागिन्।‘उमेर थाहा हुन्छ, अहँ दिन्नँ!’‘केटा मान्छेको उमेर थाहा भएर के हुन्छ त? तलब पो थाहा दिन नहुने होला!’‘अहिलेको जमानामा पनि केटा र केटीबीच विभेद? दुवैले एक अर्काको दुवै कुरा थाहा पाउनु हुँदैन?’अफिसको प्रशासनमा पुगेर उनले नागरिकता फेला पारिछन्।उमेर पत्ता लागिहाल्यो।सोचेँ - जन्मदिनमा ‘सरप्राइज’ दिन होला।जन्मदिन गयो, तर उपहार आएन।बरू, त्यो दिनदेखि उनी परऽऽ परऽऽऽ भइरहेकी छिन्।