प्राचीनकालमा काठमाडौँ उपत्यका ठूलो दहको रुपमा थियो । जहाँ नागहरु बस्दथे । एकदिन बन्धुमती नगरबाट विपश्वी बुद्ध आउनुभयो र दहमा चैत्र पूर्णिमाको दिन कमलको बीज छर्नुभयो । सोही बीजबाट कमलको फूल फूल्यो र आश्विन शुक्ल पूर्णिमाको दिन सोही फूलमाथि श्रीस्वयम्भू ज्योतिरुप उत्पन्न भयो । त्यही ज्योतिरुपबाट निःसृत पञ्चरङ्गी किरणमा पञ्चबुद्ध प्रकट हुनुभयो । यसपछि विश्वभू …