काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन पुरै समय रहने बताएका छन्। बेलायतबाट आज स्वादेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।
प्रधानमन्त्री देउवाको ग्लास्गो भ्रमणको फेहरिस्त प्रस्तुत भएपछि प्रश्नोउत्तरको सेसन शुरु भएको थियो। पत्रकारले प्रश्न राख्न शुरु गर्नु अघि नै देउवाले कोप २६ सम्बन्धीमात्र…