दाङ : सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले आफ्ना माग सुनुवाइ नभए आन्दोलन गर्ने चेतावनी दिएकी छन्।मंगलबार दाङको तुलसीपुरमा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यका कारण वनमा निहुरो, घोँगी टिप्न र माछा मार्न गएकालाई गोली हानेर मारेको भन्दै मान्छेभन्दा जनवार ठूलो देख्ने सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नभएको बताइन्।उनले वर्षेनि जंगली जनवारको आक्रमणमा परेर मृत्यु तथा घाइते भएकाहरूको क्षतिपूर्तिका लागि समेत राज्य उदासीन भएको निकुञ्ज र मध्यवर्ती क्षेत्र नजिकै बसोवास गर्ने