करका मुद्दा फिर्ता लिन दोस्रोपटक म्याद थप, फागुन मसान्तसम्मको समय

विभिन्न कर कार्यालयबाट निर्धारण भएको करउपर चित्त नबुझी प्रशासकीय पुनरावलोकन, राजस्व न्यायाधिकरण र अदालतहरुमा मुद्दा दायर गरेका करदाताले त्यस्ता मुद्दा फिर्ता लिन फेरि २ महिनाको थप समय पाएका छन् । आर्थिक ऐन २०७८ मार्फत् सरकारले मंसिर मसान्तसम्ममा करदाताले मुद्दा फिर्ता लिएमा ब्याज, जरिवाना र थप दस्तुर नलाग्ने व्यवस्था गरिएको थियो ।

सम्बन्धित सामग्री

जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द

बैतडी : कर्मचारीमा कोरोना देखिएपछि जिल्ला अदालत बैतडीमा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ। अदालतले माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको जनाएको हो।कोरोना भाइरस संक्रमण जोखिम बढ्दै गएकाले भीडभाड हुन नदिन अत्यावश्यकबाहेका सेवा मात्रै प्रदान गरिने अदालतले जनाएको छ। बन्दी प्रत्यक्षीकरण, म्याद थप, पक्राउ पूर्जी जारी‚ अभियोग दर्ता, वयान र थुनछेकको काम सञ्चालन हुनेछ।यस्तै‚ मुलुकी फौजदारी कार्यविधि संहितासम्बन्धी मुद्दा र मुद्दा फिर्ता, तामेलीलगायतका कार्य पनि गरिने

विशेष, उच्च, जिल्ला अदालतको सेवामा कटौती

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौंले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बुधवार जारी गरेको सूचनामा थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने, भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने उल्लेख छ । त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जारी गरेको विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमति रूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौंले पनि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र बुधवारदेखि लागू हुनेगरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभर न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । रासस