युक्रेनी बन्दरगाह सहर मारिओपोलमा हैजा प्रकोपको जोखिममा रहेको बेलायतको रक्षा मन्त्रालयले जनाएको छ। रुसी सेनाको हमलामा ध्वस्त प्रायः बनेको मारिओपोल अहिले रुसी नियन्त्रणमा छ। राष्ट्रसङ्घका अनुसार सहरको धेरैजसो पूर्वाधार क्षतिग्रस्त भएको छ भने पानी ढलमा मिसिएको छ।