देशले महिला राष्ट्रपति पायो । देशले महिला सभामुख पायो । देशले महिला प्रधानन्यायाधीश पायो । अब्बल ठाउँहरुमा नारी सहभागीता बढ्दो क्रममा छ । तर एक दुई उदाहरणले सिंगो मुलुक चल्न सक्दैन । जबसम्म कागजी प्रक्रिया व्यवहारमा लागू हुँदैन तबसम्म नारी–पुरुष बराबरीको नारा खोक्रो हुन्छ ।