जिम्बावेले पहिलो पटक अस्ट्रेलियालाई उसकै भूमिमा हरायो

काठमाण्डौ – जिम्बावेले अस्ट्रेलियालाई पहिलो पटक उसकै भूमिमा हराएको छ । तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई तीन विकेटले हराउँदै जिम्बावेले यो उपलब्धि हासिल गरेको हो ।  अस्ट्रेलियाले दिएको एक सय ४२ रनको लक्ष्य ३९ ओभरमा सात विकेट गुमाएर पूरा गर्दै जिम्बावेले इतिहास रचेको हो । जिम्बावेका लागि रेगिस चकाबाभाले ३७ र तादिवानाशे मरुमानीले ३५ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका जोश हेजलवूडले तीन विकेट लिए । यसअघि टाउन्सभिलेमा टस हारेर ब्याटिङ गरेको अस्ट्रेलिया ३१ ओभरमा एक सय ४१ रन...

सम्बन्धित सामग्री

विश्वकपमार्फत कतारले लिएको नाकाबन्दीको बदला : शालीन तर बेहिसाब

२०१७ जुन ५ तारिखका दिन बहराइन, साउदी अरब, संयुक्त अरब इमिरेट्स र इजिप्टले कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दा कतार हतोत्साहित बनेको थियो । त्यसलगत्तै मध्यपूर्वको सानो देश कतारसँग जोडिने जमिन, समुद्र र आकाश सबैतिरबाट साउदी लगायत अन्य देशहरूले नाकाबन्दी शुरू गरे ।२ डिसेम्बर २०१० मै विश्वकप फूटबलको २१ औं संस्करण कतारमा हुने घोषणा फिफाले गरिसकेको थियो । कतारमाथि नाकाबन्दी गर्नुपर्ने अन्य धेरै कारण साउदीले देखाएको भएपनि एउटा कारण कतारलाई विश्वकपको आयोजना गर्नुबाट पछि हटाउनु थियो । यसको नेतृत्व साउदी अरबले गरेको थियो भने अमेरिका र युरोपियन देशहरूले नाकाबन्दीको पक्षपोषण गरेका थिए ।त्यसपछिका घटनाक्रमहरूलाई कतारले आफ्नो पक्षमा माहोल सिर्जना गर्ने गरी उपयोग गर्यो । कतारमाथिको नाकाबन्दीको कुनै अर्थ नभेटिएपछि पछिल्लो समय साउदी अरब लगायत नाकाबन्दी लगाउने अन्य देशहरूले कतारसँगको सम्बन्ध सुदृढिकरण गर्न प्रयास गरिरहेका छन् । यो टिप्पणी लेख्दै गर्दा कतारको लुसाली स्टेडियममा साउदी अरब र अर्जेन्टिनाबीचको खेल सकिएको छ । साउदीले विश्वकपको दाबेदार मानिएको लियोनल मेस्सीको टीम अर्जेन्टिनालाई २ गोलले हरायो । खुसीले चिच्याइरहेका साउदी खेलाडी र समर्थकहरूले पक्कै पनि त्यतिबेलाको नाकाबन्दी स्मरण गरे होलान् । जुन देशमाथि अमानवीय नाकाबन्दी गरियो, त्यही देशको भूमिमा विश्वकपको दाबेदार अझ मेस्सीको टीम अर्जेन्टिनालाई हराउन पाउनु साउदी अरबका लागि सौभाग्य थियो ।नाकाबन्दी, त्यसपछि कतारले भोगेको पीडा र त्यसलाई जित्न गर्नुपरेको आर्थिक र कूटनीतिक संघर्ष, विश्वकपका लागि कतारले गरेको अन्तर्राष्ट्रिय लबिङ र खर्चलाई एकातिर राखौं । तर आफ्नो धर्म, संस्कृति र सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरिकन पनि विश्वकप आयोजना गर्न सकिन्छ भन्ने अर्को उदाहरण कतारले पेश गरेको छ ।प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबललाई विश्वभरका मानिसलाई एक ठाउँमा जोड्ने खेलको रुपमा मात्र नभई थप आर्थिक उन्नतिको ढोका खोल्ने अवसरका रुपमा पनि लिने गरिन्छ । सन् १९३० मा उरुग्वेको आयोजनाबाट शुरू भएको विश्वकप फुटबललाई आयोजक राष्ट्रले आफ्नो देशको संस्कृतिलाई चिनाउन मात्र नभई आर्थिक लाभ गर्ने उद्देश्यका साथ आयोजना गर्ने गरेका छन् ।हालसम्म युरोप र अमेरिकालगायतका देशमा विश्वकप फूटबलको २१ औं संस्करण आयोजना हुँदा पनि खाडी राष्ट्रमध्ये कुनैले पनि त्यो सौभाग्य प्राप्त गरेका थिएनन् । यद्दपि उदाउँदो मुलुकको रुपमा आफूलाई अगाडि सारेको सानो भूभाग मात्र भएको मरुभूमिको देश कतारले पनि विश्वकप फुटबल आयोजना गर्न सक्ने रहेछ भन्ने उदाहरण पेश मात्र गरेको छैन, आफ्नो देशको मौलिक सामाजिक मूल्य मान्यतासँग कुनै सम्झौता नगरीकन पनि विश्वकप फुटबलको आयोजना गर्न सकिन्छ भन्ने गतिलो उदाहरण पेश गरेको छ ।युरोप, अमेरिका लगायतका केही मुलुकले समलिङ्गीलाई स्वतन्त्रता नदिएको,  उच्च तापक्रम भएको,  युरोपियन लिगको खेल तालिका प्रभावित भएको,  विदेशी कामदारमाथि ज्यादती गरिएको, पूर्वाधार पनि तयार नभएको जस्ता आरोप लगाउन छाडेनन् । तर कतारले आफ्नै हिसाबले इस्लामिक नीति नियम र कानूनभित्र रहेर विश्वकप सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश दियो र अहिलेसम्मको विश्वकपका लागि यो बिल्कुल नयाँ प्रयोग हो ।यसबाट कतारले आफू अन्तर्राष्ट्रिय हिसाबले कमजोर नरहेको पुष्टि गरेको छ । संसारकै सबैभन्दा धेरै प्रतिव्यक्ति आय रहेको कतारमाथि यो वा त्यो बहानामा युरोप, अमेरिका र खाडी क्षेत्रकै अन्य सहयात्री मुलुकहरूबाट बेलाबेलामा पाउने गरेको दुखको बदला कतारले निकै शालीन, नरम तर बेहिसाब ढंगले लिएको छ ।प्यालेस्टाइनको अस्तित्व नै स्वीकार्न नसक्ने युरोप र अमेरिकाका लागि कतारले अर्को दह्रो झापड हान्यो । यस अगाडिका विश्वकपमा कुनै न कुनै चर्चित अनुहारलाई फिफाले विश्वकपको ब्राण्ड एम्बेसडर बनाउने गर्थ्यो भने यस पटक प्यालेस्टाइनका शरणार्थी वासिम कुतुबलाई ब्राण्ड एम्बेसडर बनाएर प्यालेस्टाइनप्रति कतारले सम्मान प्रकट गरेको छ ।गत हप्ता, कतारका सहायक विदेशमन्त्री लोल्वाह अल-खाटरले मिडियासँग कुरा गर्दै प्यालेस्टाइन सधैं कतारको विवेकमा रहने कुरामा जोड दिएकी थिइन् । उनले भनेकी थिइन्, 'हामी प्यालेस्टाइनका हाम्रा हजारौं दाजुभाइ तथा दिदीबहिनीहरूसँग अहिलेजस्तै सधैं उत्सव मनाउने आशा गर्दछौं र हामी यहाँ प्रतिज्ञा गर्दछौं कि, प्यालेस्टाइन उनीहरूकै कारण हाम्रो अन्तस्करणमा सधैं उपस्थित रहनेछ ।'विश्वकप उद्घाटनको दिन मध्यपूर्व र अन्य देशका फूटबल फ्यानहरूले 'हामी हाम्रो आत्मा र रगतले प्यालेस्टाइनका लागि बलिदान दिन्छौं' भन्दै नारासमेत लगाएका थिए ।विगतमा विश्वकप फुटबलको उद्घाटन विश्वभरका चर्चित पात्रबाट नाच, गान र बाजा बजाएर गरिन्थ्यो भने यस पटक त्यस्तो केही भएन । बरु कतारले  सन् २००२ मई महिनाको ५ तारीखमा जन्मिएका एक फरक क्षमता भएका कतारी बालक घानिम अल मुफ्ताहमार्फत पवित्र कुरआनको अध्याय सुरह हुजरातको श्लोक नम्बर १३ वाचन गरेर विश्वकप फुटबल २०२२ उद्घाटन गर्यो ।अर्धनग्न महिलाको नाचगानलाई हटाएर एक अपाङ्ग बालकद्वारा विश्वकप उद्घाटन गरिनु जति अर्थपूर्ण थियो त्यो भन्दा बढी अर्थपूर्ण कुरानको उक्त अध्यायले दिन खोजेको सन्देश थियो । उक्त अध्यायमा भनिएको छ, 'हे मानिसहरू ! हामीले तिमीहरू सबैलाई एउटै पुरुष र स्त्रीबाट सृष्टि  गर्यौ र तिमीलाई जात समुदाय र कबिलाहरू (गोत्रहरू) को रूप दियौ, ताकि तिमीहरुले एक अर्कालाई पहिचान गर्न सक । (वास्तवमा) अल्लाहकहाँ तिमीमध्ये सर्वाधिक प्रतिष्ठित उ हो जो तिमीहरूमध्ये (अनुचित कर्मबाट) बढी भय गर्नेवाला हुन्छ । निश्चय नै अल्लाह सबै कुरा जान्दछ, ऊ सर्वज्ञाता छ।'सामान्यतया विश्वकपको बहानामा यौन व्यापार, खुलमखुल्ला मादक पदार्थको सेवन हुने गर्थ्यो भने विदेशबाट फूटबल हेर्न आउने  दर्शकहरू उत्ताउलो र भड्किलो व्यवहारको शिकार हुने गर्थे । तर कतारले यी सबै कुरालाई प्रतिबन्ध लगाएर आफ्नो संस्कृतिको रक्षा मात्र गरेको छैन बरु विश्व समुदायलाई अनुशासित भएर पनि खेलकुदको मनोरन्जन लिन सकिन्छ भन्ने सन्देश दिएको छ ।

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीले स्पोर्टिङलाई ५–० गोलले हरायो

काठमाण्डाै – इंग्लिस क्लब म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा पोर्चुगिज क्लब स्पोर्टिङलाई ५–० गोल अन्तरले हराएको छ । पोर्चुगिज मिडफिल्डर बर्नाडो सिल्भाले घरेलु भूमिमा दुई गोलसँगै एक असिस्ट दिएपछि सिटीले स्पोर्टिङलाई फराकिलो गोल अन्तरले हराएको हो । सिटीका रियाद महारेज, फिल फोडेन र रहिम स्टर्लिङले समान एक÷एक गोल गरे । सिटीले पनि क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दोस्रो लेग सिटीको मैदानमा मार्च ९ मा हुनेछ ।

पहिलो टी-२० खेलमा भारतले दक्षिण अफ्रिकालाई २८ रनले हरायो

दक्षिण अफ्रिका विरुद्धको पहिलो टी–२० खेलमा भारत २८ रनले विजयी भएको छ। टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनाएको थियो। भारतका लागि शिखर धवनले ७२ रन बनाए भने मनिश पाण्डेले २९ तथा कप्तान विराट कोहलीले २६ रन बनाएका थिए। दक्षिण अफ्रिकी भूमिमा भारतले टी–२० मा पहिलो पटक २००…