काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा सकेनौं भन्ने कुराको समीक्षा गर्दै मुलुकको आर्थिक विकासका लागि त्यसको अधिकतम उपयोग गर्न ढिलाई गर्न नहुने समेत स्पष्ट पारे।सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले बुधबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ‘हरियो वन, नेपाल धन’ भन्ने नारा यथार्थपरक भए पनि यसको प्रयोग गरेर मुलुकल