आरोप लगाउने वकिलले चुहावट र चोरीको रेकर्डमा भर परेको भन्दै अमेरिकी न्यायाधीशले क्रिस्टियानो रोनाल्डो विरुद्धको बलात्कार अभियोगको मुद्दा खारेज गरेका छन् । क्याथरिन मेयोर्गाले सन् २००९ मा म्यानचेस्टर युनाइटेडका फुटबलरले आफूलाई लस भेगासको होटलमा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।रोनाल्डोले सो आरोप अस्वीकार गर्दै आएका छन् । मेयोर्गाले कथित रूपमा सन् २०१० मा अदालतबाहिर यस विषयमा सम्झौतामा पुगेकी थिइन्, तर अहिले उनले प्राप्त गरेको ३ लाख ७५ हजार डलरभन्दा लाखौँ बढी खोजिरहेकी छिन्।&nb