माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा २६ र २७ साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा नियन्त्रण कार्यालयले सो मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गर्दै विद्यार्थी तथा...
काठमाडौं : कक्षा-१२ को ग्रेडवृद्धि परीक्षा मंगलबारबाट सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले मंगलबारदेखि परीक्षा सञ्चालन भएको जानकारी दिए।उनका अनुसार परीक्षा आज (मंगलबार) र भोलि(बुधबार) दुई दिन सञ्चालन हुने छ। परीक्षा बिहान ११ बजेदेखि सुरु भएको थियो। बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले परीक्षामा एक लाख २२ हजार विद्यार्थी सहभागी भएको जानकारी दिए। देशभर कूल चार सय १९ परीक्षा केन्द्र तोकिएको परीक्षा केद्रले जनाएको छ। बोर्डले गत साउन ३० गते कक्षा-१२ को नतिज
काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाका लागि फारम बुझाउन आह्वान गरेको छ। शुक्रबार परीक्षाफल प्रकाशन गरेको बोर्डले शनिबार सूचना निकालेर फारम बुझाउन आह्वान गरेको हो। बोर्डका अनुसार ग्रेडवृद्धि परीक्षा आगामी असोज ३० र ३१ गते हुनेछ। परीक्षामा सहभागी हुन असोज ७ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्कवापत प्रतिविद्यार्थी ६०० रुपैयाँ बुझाउनुपर्ने सूचनामा उल्लेख छ।तोकिएको अवधिमा फारम भर्न छुटेका विद्यार्थीले असोज १४ गतेभित्र दोब्बर दस्तुर तिरेर असोज २५ गते कार्यालय
काठमाण्डाै – कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आउँदो असोज ३० र ३१ गते हुने भएको छ । हिजो नतिजा सार्वजनिक गर्ने क्रममा राष्ट्रिय परीक्षा बोर्डले असोज ३० र ३१ गते ग्रेडवृद्धि परीक्षा हुने जानकारी दिएको हो ।
दुई विषयमा ननग्रेडिङ अर्थात एनजी आउने परीक्षार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् । यसअनुसार ननग्रेडिङमा परेका एकलाख ८८ हजार ४ सय १० जना विद्यार्थीमध्ये १ लाख ३० हजार ८ सय ७८ जनाले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १ दशमलव ६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइ...
काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेडवृद्धि परीक्षा आजदेखि हुँदै छ। राष्ट्रिय परीक्षा बोर्डले आज र भोलि दुई दिन परीक्षा संचालन गर्न लागेको हो। बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुने छ। ग्रेड वृद्धि परीक्षामा ‘सी’ वा यसभन्दा कम ग्रेड ल्याउने नियमित विद्यार्थीले कुनै दुई विषयको परीक्षा दिन पाउने छन्। बोर्डका अनुसार आज अनिवार्य अंग्रेजी, एक विषयमा परीक्षा दिने परीक्षार्थीहरूको सबै विषय, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरूका लागि आफुले परीक्षा दिने विषयहरु मध्य
काठमाण्डाै - एसईईको ग्रेडवृद्धि अर्थात पूरक परीक्षा भदौ ११ र १२ गते हुने भएको छ ।
‘सी’ वा ‘सी’ भन्दा कम ग्रेड प्राप्त गरेका विषयमध्ये परीक्षार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्मको परीक्षा दिन पाउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
यस्तै, बढीमा दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थी पनि ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । परीक्षाफल रद्द भएका विद्यार्थी भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन नपाइने बोर्डले जनाएको छ ।
२०७८ सालको एसईई परीक्षामा ‘सी’ ग्रेड ल्याउने परीक्षार्थी...
काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षा आगामी माघ २ र ३ गते सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको परीक्षा समय तालिकाअनुसार परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ।बोर्डले गत शुक्रबार नतिजा सार्वजनिक गरेको थियो। नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउने बोर्डले जनाएको छ।बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालका अनुसार ३ लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ए प्लस ग्रेड ल्याएका छन्।४८ हजार २ सय ३९ जनाले ए ग