गाडी आयातमा कायम अबरोध हटाउन नाडाले गर्‍यो अर्थमन्त्रीलाई आग्रह

वैशाख ४, काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधिमण्डलले आइतवार अर्थमन्त्रीलाई भेटी गाडी आयातमा कायम अबरोध हटाउन आग्रह गरेको छ । नाडा अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको टोलीले हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान रहेको भन्दै गाडीको प्रतितपत्र (एलसी) खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले गरिरहेको अबरोध खुलाउन अर्थमन्त्री जनार्दन शर्मालाई आग्रह गरेको हो ।  सो अवसरमा मन्त्री शर्माले निजी सवारी साधन आयातमा केही समयका लागि मात्रै कडाई गरिएकाले नअत्तालिन सुझाव दिए । उनले अहिले देशको अर्थतन्त्र अलि दबाबमा रहेको भन्दै यो बेला सबैले मिलेर अर्थतन्त्र विकासको काम गर्नुपर्ने बेला रहेको बताए । उनले अहिले निजी सवारी साधन आयातमा गरिएको कडाईप्रति आपत्ती नजनाउन भदै यो केही समयका लागि मात्र भएको बताए । उनले अर्थतन्त्रका बारेमा अनावश्यक टिप्पणी भइरहेको भन्दै सुदृढ आर्थिक व्यवस्थाका लागि सरकार क्रियाशील भइरहेको पनि बताए । अहिले अर्थतन्त्रका नाममा राजनीतिकरण भइरहेको भन्दै उनले नाडा प्रतिनिधिहरुलाई संस्थागत ढङ्गले नै अर्थतन्त्रको बास्तविक अवस्थाबारे प्रकाश पार्न पनि आग्रह गरे । सो अवसरमा अध्यक्ष थापाले हालै नाडाले संकलन गरेको तथ्याङ्क प्रस्तुत गर्दे ३ खर्व ५० अर्बभन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्बभन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको र देशको प्रत्यक्ष रोजगारीमा हाल ९८ हजारभन्दा बढीलाई अवसर दिएको बताए । सोही क्रममा अध्यक्ष थापाले प्रतितपत्र खोल्ने सम्बन्धमा बैंक तथा वित्तीय निकायहरुले गरिरहेको अवरोध खुलाउन आग्रह गरे । उक्त छलफलमा उपाध्यक्ष राजनबाबु श्रेष्ठले सवारी साधनहरुको आयात बन्द हुँदा पर्न सक्ने असरहरुबारे जानकारी गराएका थिए । त्यसैगरी सो छलफलमा अर्का उपाध्यक्ष सुनिल रिजालले नेपालका सिमानाकाहरुबाट हुने स्पेयर पार्टस्को चोरी पैठारीलाई नियन्त्रण गर्न विशेष निगरानीको व्यवस्थाको लागि समेत आग्रह गरे । यसैगरी महासचिव सुरेन्द्र उप्रेतीले नेपालमा अटोमोवाइल उद्योग स्थापनाका लागि उपयुक्त वातावरण तयार गर्न आग्रह समेत गरे । 

सम्बन्धित सामग्री

धार्मिक सद्भाव र सहिष्णुता कायम राख्न अपिल

विश्व हिन्दू धर्ममा आस्था राख्ने धार्मिक सम्प्रदायहरूले कसैको धार्मिक तथा सांस्कृतिक आस्थामा आँच आउने गरी क्रियाकलाप नगर्न र सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न आग्रह गरेका छन्।...

मतपत्रको गोप्यता कायम गर्न आयोगको आग्रह

प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् ।कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै प्रमुख आयुक्त थपलियाले भने, […]

मतदान तथा मतपत्रको गोप्यता कायम गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

प्रमुख निर्वाचन अयुक्त दिनेशकुमार थपलियाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान तथा मतपत्रको गोप्यता कायम गर्न आग्रह गरेका छन् ।  कसैको डर, त्रास, धाकधम्की, अवरोध र प्रलोभनमा नपरी गोप्य मतदान गर्न पाउनु उनीहरूको सार्वभौम अधिकार भएकाले मतदातालाई गोप्य मतदानद्वारा आफ्ना प्रतिनिधि चुन्ने हकको सुनिश्चितता हुनुपर्ने उल्लेख गर्दै  प्रमुख आयुक्त थपलियाले भने, “कोही कसैबाट जो कोही मतदातालाई डर, त्रास, धम्की, अवरोध वा प्रलोभनमा पारेर मतदान प्रक्रियाको गो

स्वस्थ प्रतिस्पर्धाका लागि ओलीको आग्रह

एमाले अध्यक्ष केपी ओलीले दलहरुबीच राष्ट्रिय एकता र बहुदलीय प्रतिस्पर्धाको गरिमा कायम राख्न आग्रह गरेका छन् । उनले स्वस्थ चुनावी प्रतिस्पर्धामा उत्रिन राजनीतिक दलहरूलाई आग्रह गरेका छन् । बडादसैँ, नेपाल संवत्,...

विधिको शासन कायम गर्न श्रेष्ठको आग्रह

काठमाडौं, ३१ भदौ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले व्यक्तिको शासनको अन्त्य गरी विधिको शासन कायम गर्न आग्रह गरेका छन् । यहाँ आज काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित मेट्रो एफ एफको २३औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यशाला गोष्ठी तथा सम्मान कार्यक्रममा उनले सो आग्रह गरेका हुन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले गरेको पछिल्लो गतिविधिमा नागरिकको साथ रहेको भन्दै वरिष्ठ […]

एमालेमा वित्तीय अनुशासन कायम गर्न आग्रह

उपाध्यक्ष पौडेलले पार्टीमा आर्थिक अनुशासन कायम गर्न अत्यावश्यक भएकामा जोड दिए। बैठकले ११ सदस्यीय सचिवालयको गठन गरेको छ।...

एमाले एकता कायम राख्न आग्रह

नेकपा (एमाले) को केन्द्रीय लेखापरीक्षण आयोगले पार्टी एकता कायम राख्न अपिल गरेको छ । आयोगका अध्यक्ष डा पुष्प कँडेलको अध्यक्षतामा आज भएको एघारौँ पूर्ण बैठकले आम नेपाली जनताको भावनाबमोजिम पार्टीमा एकताबद्ध रहन र विभाजनको क्षतिलाई सकेसम्म न्यूनीकरण गर्न आफ्ना तर्फबाट सक्दो योगदान गर्न आग्रह गरेको हो । पार्टीबाट बहिर्गमित हुँदै गरेका सम्पूर्ण नेता, कार्यकर्ता र पार्टी सदस्यलाई समेतलाई १० बुँदे सहमतिलाई प्रस्थान विन्दु बनाउँदै पार्टीको बृहत्तर एकताको प्रवाहमा पुनः सामेल हुन आयोगले अपिल गरेको छ ।