काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।
१४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
काठमाडौं । जीवन बीमा कम्पनीहरूले फागुन महीनामा कुल रू. ११ अर्ब ६५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार १४ जीवन बीमा कम्पनीले फागुनमा ४ लाख १५ हजार ६७६ ओटा बीमालेख विक्री गरेर कुल रू. ११ अर्ब ६५ लाख बीमा शुल्क आर्जन गरेका हुन् । यो बीमा शुल्क माघको तुलनामा भने ७ दशमलव ९७ प्रतिशत कम हो । माघमा १४ कम्पनीले कुल रू. १२ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
फागुनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्जन गरेको छ । एक महीनामा यस कम्पनीले रू. ३ अर्ब ९ करोड बीमा शुल्क आर्जन गरेको हो । यो सूचीमा दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रू. १ अर्ब ५० करोड बीमा शुल्क आर्जन गरेको छ ।
१४ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय बीमा जीवन बीमा कम्पनीले आर्जन गरेको छ । कम्पनीले रू. २४ करोड ८७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
बीमा प्राधिकरणले प्रकाशित गरेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको आठ महीना अर्थात् फागुन महीनासम्म भने १४ कम्पनीले १ करोड ३७ लाख ८० हजार २ ओटा बीमालेख विक्री गरेर कुल रू. ९८ अर्ब ५६ करोड बीमा शुल्क आर्जन गरेका छन् ।
काठमाडौं । वैशाखको तुलनामा जेठमा जीवन बीमा कम्पनीहरूको कूल बीमा शुल्क आर्जन ११ दशमलव ३० प्रतिशत वृद्धि भएको छ । वैशाख मसान्तमा बीमा कम्पनीहरूले कुल रू. ९ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेका थिए । जेठमा भने ती कम्पनीहरूले रू. १० अर्ब ४३ करोडको बीमा शुल्क आर्जन गरेका छन् ।
आर्थिक मन्दी हुँदा पनि अधिकांश जीवन बीमा कम्पनीहरूले उल्लेख्य बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको वित्तीय विवरण अनुसार जेठमा चार कम्पनीको बीमा शुल्क आर्जन घटेको छ भने बाँकी ११ कम्पनीको बीमा शुल्क आर्जन बढेको छ । तीमध्ये नेशनल लाइफ इन्स्यारेन्स कम्पनीको बीमा शुल्क आर्जन सबैभन्दा बढी ६३ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । कम्पनीले वैशाखमा रू. १ अर्ब २ करोड बीमा शुल्क आर्जन गरेको थियो । जेठमा भने कम्पनीको बीमा शुल्क आर्जन रू. १ अर्ब ६७ करोड पुगेको छ ।
यो सूचीमा दोस्रोमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स छ । कम्पनीको बीमा शुल्क आर्जन वैशाखको तुलनामा जेठमा ३२ दशमलव ६७ प्रतिशत वृद्धि भएको छ । वैशाखमा यस कम्पनीले रू. ३४ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा कम्पनीले रू. ४५ करोड १७ लाख बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै राष्ट्रिय बीमा संस्थानको बीमा शुल्क आर्जन ४० दशमलव २२ प्रतिशत घटेको छ । कम्पनीले वैशाख मसान्तसम्ममा रू. ४७ करोड ८३ लाख बीमा शुल्क आर्जन गरेकोमा जेठमा उक्त रकम रू. २८ करोड ५९ लाखमा झरेको हो ।
चालु आर्थिक वर्षको नौ महिनामा निर्जीवन बीमा कम्पनीहरूले बीमा शुल्क आर्जनको अवस्थामा सुधार गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको नौ महिनामा कम्पनीहरूले ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । आव २०७८/०७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा […]
१४ वैशाख, काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष (आव) २०७९/८० को ९ महिनामा ३० अर्ब १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा २८ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ४.५८ प्रतिशतले वृद्धि […]
काठमाडौं, साउन ३१ । युनियन लाइफले गत आर्थिक वर्ष (७८/७९ )को चौथो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन १५ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ७ अर्ब ५९ करोड पुगेको छ । अघिल्लो आर्थिक वर्ष (७७/७८ ) मा कम्पनीले ६ अर्ब ५८ करोड खुद बीमा शुल्क आर्जन […]
२७ साउन काठमाडौं । जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा करिब एक खर्ब ३९ रुपैयाँको बीमा शुल्क आर्जन गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा १९ जीवन बीमा कम्पनीले एक खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ । जुन कुल बीमा शुल्क आर्जनको २९.९० प्रतिशत हो । […]
चैत २२, काठमाडौं । जीवन बीमा कम्पनीहरूले माघको तुलनामा फागुनमा कुल बीमा शुल्क आर्जन औसत ७ दशलमव १५ प्रतिशतले वृद्धि गरेका छन् ।
चालू आर्थिक वर्ष (आव) २०७८/७९ को माघको तुलनामा फागुनमा १९ जीवन बीमा कम्पनीले कुल बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएका हुन् । बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार माघको तुलनामा फागुनमा कम्पनीले बीमा पोलिसी विक्रीबाट प्राप्त हुने शुल्कमा वृद्धि भएको हो ।
फागुनमा मात्रै १९ ओटा जीवन बीमा कम्पनीले कुल रू. १० अर्ब ९० करोड बीमा शुल्क आर्जन गरेका छन् । यो बीमाशुल्क माघको तुलनामा ४ दशमलव ९४ प्रतिशतले वृद्धि भएको हो । माघमा मात्र यी जीवन बीमा कम्पनीहरूले कुल रू. १० अर्ब ३८ करोड बीमा शुल्क आर्जन गरेका थिए ।
सार्वजनिक तथ्यांक अनुसार १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेपाल लाइफले रू. २ अर्ब ८४ करोड बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ५ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले कुल रू. २ अर्ब ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।
प्रतिशतका आधारमा माघको तुलनामा फागुनमा सबैभन्दा बढी रिलायबल नेपाल लाइफको बीमा शुल्क ४० दशमलव ९४ प्रतिशत वृद्धि भएको छ । कम्पनीले माघमा रू. २५ करोड ५७ लाख कुल बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३६ करोड ४ लाख पुगेको हो ।
त्यसैगरी दोस्रोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क ४० प्रतिशतले वृद्धि भएको छ । कम्पनीले माघमा रू. २६ करोड ५ लाख बीमा शुल्क आर्जन गरेकोमा फागुनमा बढेर रू. ३७ करोड २२ लाख पुगेको हो ।
फागुनमा १९ कम्पनीमध्ये सबैभन्दा कम बीमा शुल्क महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले रू. ११ करोड ३६ लाख बीमा शुल्क आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने अग्रस्थानमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ ।
कम्पनीले फागुनमा मात्रै कुल रू. ७५ करोड ९१ लाख बीमा शुल्क आर्जन गरेको छ । यो बीमा शुल्क माघको तुलनामा ८ दशमलव ७४ प्रतिशतले वृद्धि भएको हो । माघमा कम्पनीले रू. ६९ करोड ८१ लाख बीमा शुल्क आर्जन गरेको थियो ।
फागुन १७, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/ ७९ को सात महीनाको अवधिमा जीवन बीमा कम्पनीहरुले ८१ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गरेका छन् ।
बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार १९ ओटा जीवन बीमा कम्पनीले उक्त रकम आर्जन गरेका हुन् । उक्त अवधिमा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । यो कम्पनीले चालू आवको सात महीनाको अवधिमा २१ अर्ब ८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै बढी कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) रहेको छ । यो कम्पनीले उक्त अवधिमा ९ अर्ब ७५ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै सञ्चालित जीवन बीमा कम्पनीहरुमध्ये सो अवधिमा महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा कम कुल बीमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले चालू आवको माघ महीनासम्ममा ८१ करोड ९३ लख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
कम कुल बीमा शुल्क आर्जन गर्ने दोस्रोमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले उक्त अवधिमा १ अर्ब १७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
१९ ओटा जीवन बीमा कम्पनीले माघ महीनामा मात्र १० अर्ब ३८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । माघ महीनामा सबैभन्दा बढी कुल बीमा शुल्क आर्जन गर्नेमा पनि नेपाल लाइफ इन्स्योरेन्सको नै भएको छ । उक्त कम्पनीले माघ महीनामा २ अर्ब ६९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यो महीनामा महालक्ष्मी लाइफ इन्स्योरेन्सले १२ करोड ३९ लाख रुपैयाँ कुुल बीमा शुल्क आर्जन गरेको छ । उक्त महीना यो कम्पनीको १९ ओटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा कम कुल बीमा शुल्क आर्जन हो ।
आर्थिक अभियान दैनिकको प्रिन्ट संस्करणबाट