असोज १५ देखि १७ गतेसम्म काठमाडौंमा हुने विधान महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन पारित गर्दै नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा शुक्रवार शुरू भई आइतवार सम्पन्न बैठकले तीनवटा राजनीतिक प्रतिवेदन पारित गरेको हो ।
अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले पेश गरेको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सुझावसहित पारित भएको हो । पहिलो पटक हुन लागे...