उद्योग वाणिज्य महासंघले भन्यो, यी हुन् पुँजीबजारमा गिरावट आउनुका कारण

महासंघले पुँजीबजारको वर्तमान अवस्थाबारे ध्यानाकर्षण भएको विज्ञप्ति जारी गर्दै अन्य निकायको हस्तक्षेप र नीतिगत अस्थिरताले पुँजीबजारमा गिरावट आएको जनाएको हो ।

सम्बन्धित सामग्री

पूँजीबजारको विकासमा सघाउन प्रदेश नं १ तयार, आर्थिक विकेन्द्रीकरणमा जोड

पुस १०, काठमाडौं ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले प्रदेशस्तरीय पूँजीबजार सचेतना कार्यक्रम शनिवार प्रदेश नं १ को राजधानी विराटनगरमा आयोजना गरेको छ ।  नेपाल मर्चेन्ट बैंकर्स  एशोसिएशनको सहकार्यमा आयोजित सो कार्यक्रम प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र कुमार राइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।  कार्यक्रममा प्रदेशका मुख्यमन्त्री राइले पूँजीबजारले छरिएर रहेको पैसालाई समेट्ने र त्यसले व्यवसाय र अर्थतन्त्र विकासमा सहयोग हुने हुँदा पूँजीबजारको बिरुद्धमा सरकार नरहेको बताए । ‘नेपालमा अहिलेको पूँजीबजारले विश्वास आर्जन गर्न सकिरहेको छैन । आममानिसमा सचेतना र जागरण ल्याउन यस्तै खालका कार्यक्रम गरी मनोबलको विकास गर्नुपर्छ’, उनले भने । त्यसमा प्रदेश सरकारले आवश्यक सहयोग विस्तार गर्ने पनि उनले बताए ।  ‘कानून बनाउनु पर्ने भए बनाउँछौं, माथिल्लो सरकारमा आवश्यक समन्यव र सूचना पुर्‍ याउन सहयोग गर्छौं, मोफसलमा पूँजीबजार फस्टाएको हेर्ने चाहना हाम्रो पनि छ,’ मुख्यमन्त्री राईले भने । प्रदेश सरकार बजारको विकास र विस्तारका लागि सदैव तप्तर रहने उनले प्रतिबद्धता व्यक्त गरे ।  यसैगरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक नीरज गिरीले पूँजीबजारको विस्तार वृहतरुपले भइरहेको बताए । बजार विस्तारको तुलनामा धितोपत्र नियमनको आवश्यताअनुसार हुन बाँकी रहेको हुँदा त्यसका लागि धितोपत्र बोर्डले पूर्वाधार निर्माण गरिरहेको उनले जानकारी दिए ।  ‘सूचीकृत कम्पनीहरुमा ९० प्रतिशत कम्पनी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरु भएकाले नेपाल राष्ट्र बैंकले ल्याउने नीतिगत प्रभाव पर्दा त्यो लगानीमैत्री नभएको महशुस हुन्छ । बजारमैत्री नीतिगत सहजीकरण गर्न धितोपत्र बोर्डले सम्बन्धित सबै निकायहरुमा समन्यव गरिरहेको छ,’ उनले भने । धितोपत्र बोर्डले प्रदेशस्तरमा पूँजीबजारको विकास र विस्तारका लागि स्थानीय सरकारसँग समन्यव गर्ने र प्रदेशस्तरमै स्टक ब्रोकर कम्पनीहरु ल्याइने पनि उनले बताए । ‘प्रदेशमा बोर्डको आवश्कता महसुस गरिएको हो तर सो अनुसार काम गर्न कार्यसम्पादन विभाजनलगायतका विषयका कारण हामीले काम गर्न सकेका छैनौं, तर पहिलो चरणमा प्रदेश सरकारकै कार्यालया धितोपत्र बोर्डको प्रतिनिधि राख्नेछौं, आवश्यक पर्दा केन्द्रबाट समन्यव हुन्छ’, उनले भने । उनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखी कमोडिटी मार्केट ल्याउने उद्धेष्यले आवश्यक काम बोर्डले अघि बढाएको पनि बताए । साथै, बजारमा चल्ने हल्लाको पछि र नीतिगत प्रभावमा नपरी कम्पनीको आधारभुत स्थितिको मूल्यांकन गरेर पूँजीबजारमा लगानी गरी आफ्नो लगानीको सुनिश्चिता आफैंले गर्न पनि उनले लगानीकर्तालाई सुझाव दिएका छन् ।  प्रदेश नं १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले प्रदेशस्तरमा पूँजीबजारको विकास र विस्तारमा सघाउन मन्त्रालय सदैव तयार रहेको बताए । प्रदेश तहमा पनि शेयर बजारको सञ्चालनका लाागि पूर्वाधार, नियामक र अन्य संरचना हुनुपर्नेमा उनको जोड थियो ।  कार्यक्रममा प्रदेश नं १ का निजी क्षेत्रका छाता संघ संस्थाहरुको समेत उपस्थिति रहेको थियो । जसमध्ये नेपाल चेम्बर अफ कमर्स प्रदेश नं १ का अध्यक्ष सुरेशमान श्रेष्ठले पूँजीबजारका लागि स्पष्ट नीति नियमन हुन आवश्यक रहेको बताए । उनले मोफसलमा पूँजीबजारको आर्कषण बढिरहेको बताउँदै राजधानी बाहिर पुँजीबजारमा देखिएको समस्या समाधानका लागि सम्बन्धित निकायले तीन ओटै तहको सरकारसँग समन्यव गर्नु पर्ने आवश्यकता औंल्याए । नीतिगत अस्थिरताले लगानीकर्ताको लगानी जोखिममा परेको उनको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश नं १ का संयोजक भीम घिमिरेले सचेतनाको अभावमा देशका अधिकांश जनताले पूँजीबजारको सदुपयोग गर्न नसकेको बताए । राजधानी बाहिर पूँजीबजारका सम्बन्धमा सरोकारवाला, लगानीकर्ता र सरकारी निकायसमेत निष्क्रिय रहेको उनको भनाइ छ । ग्रामीण अर्थतन्त्रलाई पूँजीबजारमा जोड्न सके संगठितरुपमा बजारको विकास हुने उनको भनाइ थियो । यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ का सल्लाहकार अविनाश बोहराले अहिलेको पूँजीबजार काठमाडौं केन्द्रित भएको भन्दै प्रदेशगत संरचनाअनुसार विकासको लागि पूर्वाधार निर्माणको आवश्यकता औंल्याए  । प्रदेश नं १ मा पूँजीको अभाव नभएको हुँदा यो प्रदेशले पूँजीबजारको विकासमा साथ दिन सक्ने उनको भनाइ छ । कार्यक्रमका मर्चेन्ट बैंकर्स एशोसिएशनको तर्फबाट महासचिव पारसमणी ढकाल र ब्रोकर एशोसिएशनका महासचिव गुणनिधि भुसालले शेयर लगानीकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । कार्यक्रममा १५० जनाभन्दा बढी लगानीकर्ता, प्राध्यापक, पत्रकार, बैंकर र सर्वसाधारणको उपस्थिति रहेको थियो ।

पूँजीबजार सुधारको लागि अम्बिका पौडेलको नेतृत्वमा बन्यो कार्यदल, यस्ता छन् माग

पुँजीबजारमा देखिएका समस्या समाधानको लागि एकतावद्ध प्रयास गर्ने उदेश्यले पूँजी बजार सुधार अभियान सुरु भएको छ । लगानीकर्ताहरुको आज सम्पन्न भेलाले एकतावद्द र सामुहिक ढंगले माग पुरा गर्नको लागि कार्य गर्ने उदेश्यले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजीबजार समितिका सभापति अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल समेत गठन गरेको छ । के के छन् माग ?१. शेयर दलाल मार्फत मार्जिन ट्रेडिङ कर्जा ब्यबस्था पूर्ण रुपमा कार्यन्वयनमा नआएसम्म शेयर धितो कर्जामा लगाईएको सिमा पूर्ण रुपमा हटाउनु पर्ने ।२. लामो समयदेखि रिक्त रहेका नेपाल धितोपत्र बोर्ड र नेप्सेको प्रमुखहरुको योग्यता, क्षमता र प्रतिस्पर्धाका आधारमा तत्काल नियुक्ति गरिनु पर्ने ।३. पुँजीबजारको विकास र विस्तारको लागि अर्थ मन्त्रालयले ३ वर्ष अघि नै गरिसक्न्ने भनेको ५८ बुँदेको कार्यतालिका सहितका बाँकि कामहरु तत्काल गर्नु पर्ने । यी ३ मागहरु सम्पन्न भई पुँजी बजार सम्बन्धि नीति, नियम, प्रविधि , र पूर्वाधारको सुनिश्चितता नभएसम्म एकतावद्द र सामुहिक ढंगले लागिरहनको लागि भेलाले अम्बिका प्रसाद पौडेलको संयोजकत्वमामा कार्यदल गठन गरेको हो।