जनमोर्चाले कारवाही गरेका कृष्ण थापाको प्रदेशसभा सांसद् पद खारेज नगर्न सर्वोच्चको आदेश

काठमाडौं : गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको सांसद् पद खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। राष्ट्रिय जनमोर्चाले पार्टी नियम उल्लंघन गरेको भन्दै थापालाई कारवाही गर्दै सांसद पदबाट हटाउने निर्णय गरेको थियो। त्यसपछि उनको प्रेदश सभा सांसदको पद खारेज भएको थियो। तर, आफूलाई कारवाही गरेकोविरुद्ध थापाले सर्वोच्चमा रिट…

सम्बन्धित सामग्री

राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको सांसद पद खारेज

सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य तथा राष्ट्रिय जनमोर्चा नेपाल कृष्ण थापाको पुनर्बहाली गर्न दिएको रिट निवेदन खारेज गर्ने आदेश जारी गरेको छ ।...

नागरिक दैनिक

गण्डकी प्रदेश सांसद थापाको पद खारेज

पोखरा। गण्डकी प्रदेशका जनमोर्चा सांसद कृष्ण थापाको सांसद पद खारेज भएको छ। थापालाई यसअघि पुनर्बहालीका लागि गरेको अन्तरिम आदेश खारेजीको माग गर्दै सभामुख नेत्रराज अधिकारी लगायतले भ्याकेट निवेदन दर्ता गरेका थिए। उक्त निवेदनमाथि सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले थापालाई यसअघि सांसद पदमा कायम रहनेगरी दिएको आदेश रद्द गरेको हो।

Dekhapadhi

कृष्ण थापाको प्रदेश सांसद पद खारेज (आदेशसहित)

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै थापाको पद गएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, ‘यस अवस्थामा विपक्षी निवेदक थापालाई जेठ २३ म

Ratopati

सर्वोच्चबाट मुद्दा जितेपछि थापाको प्रतिक्रिया : जनभावनाको कदर भयो

पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशपछि गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले  जनताको भावनाको कदर भएको बताएका छन् । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको विरुद्धमा परेको रिटमा आज अन्तरिम आदेश भएको हो ।  पद खारेज नगर्न अन्तरिम आदेश आएपछि प्रतिक्रिया दिँदै थापाले जनताको भावनामाथि अदालतले कदर गरेको भन्दै थप ससक्त भएर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । “विपक्षी नेपाली काँग्रेसलाई सरकार बनाउन मेरै पार्टीले...

Lokaantar

सांसदबाट पदमुक्त थापाको रिटमाथि आज सुनुवाइ हुँदै

२३ जेठ, काठमाडौं । सांसदबाट पदमुक्त गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाले सर्वोच्चमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । उनले आफ्नो सांसद पद खारेज गर्ने जनमोर्चाको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दिएका छन् । उक्त रिटको पेसी आजलाई तोकिएको छ । थापाले रिट निवेदनमा सांसद पद यथावत राखिपाऊँ भनेका छन् । पार्टी […]

अनलाइनखबर