वीरगञ्ज भन्सारमा ७ हजार मेट्रिक टन मल अलपत्र

सरकारले किसानका लागि ल्याएको ७ हजार मेट्रिक टन रासायनिक मल वीरगञ्ज भन्सारमा एक वर्षदेखि अलपत्र रुपमा फालिएको छ। गत वर्ष किसानहरुले धान बालीमा रासायनिक मल समयमा हाल्न नपाएर हाहाकार भएको...

सम्बन्धित सामग्री

तातोपानीबाट अझै आइपुगेन मल

सिल्क मार्केट प्रालिले चीन ल्याएको मल अझै कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । चीनबाट ल्याएको रासायनिक मल सात महिनादेखि तातो भन्सार कार्यालयमा थन्काएर राखेको छ तर हालसम्म कृषि सामग्री कम्पनीलाई हस्तान्तरण गरेको छैन । कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख विष्णु पोखरेलले ६/७ महिनादेखि तातोपानी भन्सारमा थन्काएर राखेको मल काठमाडौँ नल्याएको गुनासो गर्नुभयो । चीनबाट ल्याएको २५ सय मेट्रिक टन मलमध्ये एक हजार मेट्रिक टन मल मात्र ल्याइ पु¥याएको छ, अरू बाँकी मल कहिले आउने अत्तोपत्तो नरहेको उहाँले बताउनुभयो । सिल्क मार्केट प्रालिसँग भएको सम्झौता अनुसार २१ हजार मेट्रिक टन मल अझै ल्याएको छैन, उहाँले भन्नुभयो, “पच्चिस सय मेट्रिक टन मल तातोपानी भन्सार कार्यालयमा आएको ६/७ महिना भइसक्यो त्यो हामीलाई हस्तान्तरण गरेको छैन, त्यसबाहेक अरू २१ हजार मेट्रिक टन मल ल्याउनै बाँकी राखेको छ ।”

बजेट निकासा नहुँदा जीटूजीको मल आयातमा समस्या, वर्षमा ३० हजार टन पनि भित्रिएन

काठमाडौं । चालू आर्थिक वर्ष (आव)का लागि रासायनिक मल (Chemical fertilizers) किन्न सरकारले पटकपटक स्रोत सुनिश्चित गर्दै ३८ अर्ब ५० करोड रुपैयाँ बजेट दिएको छ । उक्त बजेट समयमै निकासा नहुँदा भारतबाट जीटूजी (G2G) प्रक्रियामार्फत किन्ने भनिएको मल आयातमा समस्या उत्पन्न भएको छ ।  सरकारले हालसम्म जीटूजी प्रक्रियामार्फत ३० हजार मेट्रिक टन युरिया मात्र आयात गर्न सकेको छ । यद्यपि भारत सरकार (Indian Government)सँग भएको सम्झौताअनुसार सन् २०२१/२२ मा नै १ लाख मेट्रिक टन युरिया र ५० हजार मेट्रिक टन डीएपी नेपालले ल्याइसक्नुपर्थ्यो । तर, बेलैमा बजेट निकासा नहुँदा सम्झौताअनुरूप मल ल्याउन नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।  मन्त्रालयका एक उच्च अधिकारीका अनुसार चालू आवमा मल खरीदका लागि छुट्ट्याइएको ३८ अर्ब ५० करोडमध्ये हालसम्म मन्त्रालयले २२ अर्ब रुपैयाँमात्रै भुक्तानी पाएको छ । ‘अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदियो । तर, बजेट निकासा नहुँदा समस्या भएको छ । टेन्डर प्रक्रिया पूरा गरेर मल आयात गर्न बजेट अभावले खासै समस्या पारेको पारेको छैन । किनभने टेन्डर प्रक्रियामार्फत मल ल्याउँदा मल भन्सारमा आइपुगेपछि मात्रै रकम भुक्तानी गर्ने हो,’ ती अधिकारीले भने, ‘जीटूजीको मलका लागि पहिले नै रकम भुक्तानी गर्नुपर्ने हुँदा ल्याउन समस्या भएको हो ।’  आगामी वर्षदेखि बजेट भएर पनि निकासाको समस्याका कारण समयमै मल आयात गर्न नसक्ने अवस्था आउन नदिन मन्त्रालयले अहिलेदेखि नै आगामी बजेटमा मलका लागि आवश्यक पर्ने पर्याप्त बजेट शुरूमै विनियोजन गराउन पहल थालेको पनि उनले बताए । यस्तो भएको खण्डमा नेपालमा आवश्यक पर्ने करीब साढे ५ लाख मेट्रिक टन मलका लागि नियमित बजेटमै रकम विनियोजन हुनेछ । नेपालमा सधैंजसो हुने मल अभावको समस्या कम गर्न नेपालले भारत सरकारसँग २०७८ फागुन १६ मा जीटूजी सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार नेपालले भारतबाट ५ वर्षमा ५ लाख ६५ हजार मेट्रिक टन युरिया र ३ लाख ७० हजार टन डीएपी मल ल्याउनुपर्ने हो । सम्झौताका वर्ष दिन बित्दा ३० हजार टनभन्दा बढी मल ल्याउन नसक्नुले जीटूजीको औचित्यमै प्रश्न खडा भएको छ । जीटूजीको मल खरीद तथा आयात गर्ने जिम्मेवारी कृषि सामग्री कम्पनी लिमिटेडले पाएको छ । कम्पनीका कामु प्रबन्ध सञ्चालक विष्णु पोखरेलले पनि जीटूजीको मल समयमा ल्याउन नसकिनुमा बजेट निकासा नै प्रमुख समस्याका रूपमा रहेको जानकारी दिए । उनका अनुसार शुरुआती चरणमा मूल्य र ढुवानीलगायत विषयमा कुरा नमिल्दा प्रक्रिया लम्बिन गयो । पछि अन्तरराष्ट्रिय बजारमा मलको मूल्य अत्यधिक रूपमा वृद्धि भएपछि रकम अभाव भयो । अहिले पनि रकम अभावकै कारण समस्यामा आपूर्ति गर्न समस्या भएको हो । अहिले कृषि सामग्री कम्पनीसँग ३७ हजार मेट्रिक टन युरिया र १९ हजार मेट्रिक टन डीएपी मौज्दात छ । २० हजार टन युरिया कोलकाता आइपुगेको छ । २० हजार टन डीएपी विशाखापत्तनम्मा लोड हुने क्रममा छ । यसबाहेक थप मल आयातका लागि टेन्डरको प्रक्रिया शुरू भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनसँग पनि युरिया, डीएपीसहित २४ हजार टन मल मौज्दात छ ।

तातोपानी नाकामा रोकिएकाे ५० मेट्रिक टन मल चाँडै भित्र्याउन पहल

काठमाडाैं : सभामुख अग्नीप्रसाद सापकोटाले तातोपानी भन्सार कार्यालयमा रासायनिक मल रोकिएको विषयमा चासो व्यक्त गरेका छन्।केही दिन यता तातोपानी भन्सारमा ९ हजार ९ सय ७० बोरा (५० मेट्रिक टन) मल रोकिएको सन्दर्भमा सभामुख सापकोटाले तातोपानी भन्सार प्रमुख नारद गौतम मार्फत जानकारी लिएका हुन्।गौतमले भन्सार कार्यालयका कारण मल नरोकिएको स्पष्ट गर्दै कृषि सामग्री कम्पनीका तर्फबाट कार्य अघि बढाइनु पर्ने बताए।उनले भन्सार कार्यालयमा रहेको मल बाहिर लान कृषि सामग्री कम्पनी लिमिटेडका तर्फबाट रासायनिक मलको स्वतन्त्र रु

प्रक्रिया पूरा नहुँदा तातोपानी भन्सारमा थन्कियो ५० टन मल

६० दिनसम्म भन्सार प्रक्रिया गर्न कोही नआएमा भन्सार नियमनुसार उक्त मल जफत हुने प्रावधान छ ।

सरकारले खरिद गरेको ७ हजार मेट्रिक टन मल विरगञ्ज भन्सारमा अलपत्र

सरकारले खरिद गरेर ल्याएको मल बन्दरगाहमा नै अलपत्ररुपमा कामै नलाग्ने गरि फालिएको छ। भने यता किसानहरुले अहिले पनि रासायनिक मल नपाएर बालीमा हाल्न पाएका छैनन्।

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।         भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।...

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।