तिहार पर्वका अवसरमा भाइटीकाका दिनमा मात्र भक्तजनलाई खुला गरिने रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीका लगाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन खुल्ने उक्त मन्दिरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइ मन्दिरमा पुगेर टीका लगाउने गर्छन् । सोही अनुरुप आज पनि दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाइले टीका लगाएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । घर गएर टीका लगाउन नपाएका पनि रानीपोखरी पुगेर