‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’: अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमका सहभागीहरूको प्रतिक्रिया

यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ रञ्जित आचार्य अध्यक्ष, स्टार्टअप तथा इन्नोभेशन समिति, नेपाल उद्योग वाणिज्य महासंघ यो तालीम कार्यक्रम सफल रह्यो । हाइब्रिड विधिले सञ्चालन भएको यो कार्यक्रममा भौतिक रूपमा तथा इन्टरनेटको माध्यमबाट धेरैले सहभागी हुन पाउनुभयो । कतिपय स्टार्टअप उद्यमीहरूले विज्ञहरूसँग सोझै सम्पर्क गर्न पाउनुभयो । उहाँहरूलाई आफ्ना प्रश्न र संशयहरूको निवारण गर्ने अवसर मिल्यो । यस कार्यक्रमले स्टार्टअपहरूलाई अनुभवी मेन्टरसँग जोडिन सहयोग गरेको छ । यस्तो कार्यक्रम बारम्बार गरिनुपर्छ भन्ने मलाई लाग्छ । कार्यक्रम निकै उपलब्धिपूर्ण रह्यो कृति खतिवडा स्टार्टअप एण्ड इन्नोभेशन समिति, नेपाल उद्योग वाणिज्य महासंघ   न्यू बिजनेश एजले आयोजना गरेको स्टार्टअप समिट अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रम एकदमै फलदायी लाग्यो । यस्तो खालको कार्यक्रमको आवश्यकता देखेरै महासंघ यसको एसोसिएट पार्टनरको रूपमा रहेको हो । कार्यक्रम पूर्णरूपमा सफल रह्यो । खासगरी प्रशिक्षकहरूबाट स्टार्टअप बिजनेशमा लाग्नेहरूलाई प्रोत्साहन हुनेगरी व्यावसायिक अनुभव आदानप्रदान भएको छ । यसले समग्र स्टार्टअप व्यवसायकै प्रवद्र्धनमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरेको छ । यस्ता कार्यक्रम अन्य संस्थाले पनि गर्नुपर्छ आशुतोष तिवारी सफल पार्टनर्सका संस्थापक यस प्रकारको कार्यक्रम स्टार्टअप व्यवसायीका लागि अन्त्यन्त जरुरी छ । त्यसैले, यस्ता प्रकारका कार्यक्रम अन्य संस्थाले पनि गर्नुपर्ने देखिन्छ । यस्ता कार्यक्रम एउटाले मात्र गरेर हुँदैन । स्टार्टअप क्षेत्रलाई प्रवर्द्धन गर्न यस किसिमको कार्यक्रम भइरहनुपर्छ । युवा जोशलाई थप ऊर्जा मिलेको छ हेमन्त भण्डारी उदयपुर कार्यक्रममा पूरा अवधि सहभागी भएँ । कार्यक्रम एकदमै फलदायी र प्रेरणादायी लाग्यो । यसले केही गरौं भन्ने युवा जोशलाई थप ऊर्जा थपिदिएको छ । म विदेशबाट फर्केर आएर नेपालमै केही गरौं भन्ने सोचका साथ अहिले खरायो पालन गरिरहेको छु । मैले भविष्यमा खरायो फार्मलाई अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना बनाएको छु । अहिले २० लाख लगानी पुगिसकेको छ । काम गरिरहेको छु । लक्ष्यमा एक दिन पुग्छु भन्ने विश्वास छ । कार्यक्रमका प्रशिक्षकहरूको अनुभव प्रेरणादायी छ रमेश शर्मा प्रबन्ध निर्देशक, शर्मा एण्ड कं.   स्टार्टअप बिजनेश सम्बन्धी यस्तो अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम हुन सकिरहेको थिएन, जुन न्यू बिजनेश एजले आयोजना ग¥यो । यसबाट धेरै सिक्ने अवसर पाएको छु । खासगरी राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुन, खल्ती डिजिटल वालेटका सहसंस्थापक एवं निर्देशक अमित अग्रवालको प्रस्तुति साँच्चै प्रेरणादायी थियो । प्रशिक्षण कार्यक्रमले स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहन ईश्वर गुरुङ प्रमुख, एसएमई डिपार्टमेन्ट, कुमारी बैंक लिमिटेड   ‘न्यूबिज स्टार्टअप समिट एण्ड अवाडर््स’ कार्यक्रमको प्रमुख प्रायोजक बन्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । अहिले स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्नेगरी राज्यले नीति लिइरहेको छ । बैंकहरूले समेत सोही अनुसार कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ । तर स्टार्टअपबारे धेरैले बुझिरहनुभएको छैन । त्यसबारे बुझाउन पनि यस्तो खालको कार्यक्रम महŒवपूर्ण भएकाले कुमारी बैंकले यो कार्यक्रमलाई मुख्य प्रायोजन गरेको हो । गत शुक्रवार सम्पन्न अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी थियो । यसले नवउद्यमीहरूलाई स्टार्टअप व्यवसायमा लाग्न ठूलो प्रोत्साहन मिल्नेछ । स्टार्टअपको इको सिष्टम बन्न थालेको छ सुमन शाक्य सहसंस्थापक, नेपाल आन्ट्रप्रेनर्स हब विशेषगरी यस्ता कार्यक्रमले स्टार्टअप क्षेत्रको विकासमा ठूलो योगदान पुग्छ । नेपालको सन्दर्भमा स्टार्टअप भन्न थालिएको १२÷१३ वर्ष भयो । अहिले आएर बल्ल यसको इको सिस्टम बन्न शुरू गरेको छ । यो अवस्थामा मिडियाहरूबाटै यस्ता कार्यक्रम गर्न जरुरी छ । किनकि, व्यक्तिगत रूपमा गर्दा सीमित व्यक्तिलाई मात्रा थाहा हुन्छ । मिडियामार्फत गर्दा धेरैले यसबारे बुझ्ने अवसर पाउँछन् । सरकारले स्टार्टअपमैत्री नीति ल्याएर कार्यान्वयन गर्नुपर्छ मिना श्रेष्ठ महानिर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ न्यू बिजनेश एजले आयोजना गरेको स्टार्टअप समिट एण्ड अवार्ड्स अन्तर्गत अन्तरक्रियात्मक कार्यक्रम साँच्चै प्रशिक्षणात्मक बन्यो । नवउद्यमीहरूले यसबाट धेरै जानकारी लिन पाएको महसूस मैले गरेकी छु । प्रक्षिशकहरूले स्टार्टअपसम्बन्धी सबै जिज्ञासा खुलस्त राखिदिनुभएको छ । स्टार्टअप बिजनेश अहिले धेरै बहसमा आएको, तर प्रभावकारी रूपमा लागू हुन नसकेको विषय हो । यस्तो अवस्थामा प्रशिक्षण हुनुलाई सकारात्मक पाटोको रूपमा लिएकी छु । स्टार्टअपका लागि अहिले निजीक्षेत्र र सरकारले पनि गर्न खोजेको देखिन्छ । तर सरकारी नीति स्टार्टअपमैत्री भएको देखिँदैन । छिट्टै सोही उपयुक्त नीति ल्याएर कार्यान्वयन गरी स्टार्टअप बिजनेशलाई अघि बढाउनुपर्छ । प्रशिक्षण कार्यक्रम स्टार्टअपहरूका लागि लाभदायी अमित अग्रवाल संस्थापक तथा निर्देशक, खल्ती डिजिटल वालेट समग्रमा यो कार्यक्रमबाट हामी स्टार्टअपहरूका लागि निकै लाभ भयो । आशुतोष तिवारी, रञ्जित आचार्य, महावीर पुन जस्ता हस्तीहरूबाट धेरै कुरा सिक्न पाइयो । तर विज्ञहरूको कुरा सुनेर मात्र सफल भइने होइन । आफैले काम गर्न थालेपछि मात्र सिकाइ पक्का हुन्छ । स्टार्टअप व्यवसाय भनेको चेस खेले जस्तै हो । अर्काले चालेको चाल नै दोहो¥याएर चेस जितिँदैन । आफ्नै भिन्दै चाल चाल्नुपर्छ । यस क्रममा असफल पनि भइन्छ, चुनौती सामना गर्ने हिम्मत बढ्छ र सिकिन्छ पनि । सफलताको एउटै मन्त्र छैन । आफै मेहनेत गर्न पर्छ । अहिले सबैजसो स्टार्टअपलाई सही र प्रतिबद्ध सहकर्मी पाउन सबैभन्दा ठूलो चुनौती रहेको छ । व्यवसाय प्रवर्द्धनमा उत्साहित भएका छौं तारादेवी अधिकारी बुधबारे, झापा स्टार्टअपको कार्यक्रममा जुम मिटिङमा बस्दा मलाई निकै उत्साह मिल्यो । ग्राहक आफैले बनाउनुपर्छ, ग्राहकको पहिचान गर्नुपर्छ भन्ने बोध भयो । ग्राहक कसरी चिन्ने भन्ने कुराले हामीलाई थप उत्साहित बनाएको छ । हामी पर्यावरण जोगाउन प्लाष्टिकका झोला विस्थापित गर्न कपडाको झोला प्रयोग गरौं भन्ने अभियानमा छौं । कपडाका झोला विक्री गर्दै आएका छौं । अल्लो र ढाकाको कपडाबाट पर्स लगायत सामग्री बनाउँदै छौं । यस कार्यक्रमले थप लगानी गरेर अघि बढ्ने प्रेरणा दिएको छ । अब लगानी थपेर अघि बढ्छौं । उद्यमी बन्ने वातावरण बनिरहेको महसूस भयो छिरिङ तेन्जिङ शेर्पा थुलुङ दूधकोशी, सोलुखुम्बु मलाई महावीर पुन सरको कुराले उद्यममा लाग्न निकै उत्साह दियो । अन्य प्रशिक्षकहरूको प्रशिक्षणले जोश पैदा गरेको छ । मैले मेरो गाउँमा एग्रो टुरिजम शुरू गरेको छु । त्यसको पूर्वाधारका लागि १ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छु । अहिले किवीको खेती, लोपोन्मुख ५० किसिमका जडीबुटीको संरक्षण र त्यसको व्यावसायिक उत्पादनमा केन्द्रित गरेको छु । स्टार्टअप तालीमले व्यवसायलाई नयाँ प्रविधिसँग जोड्न मद्दत गरेको छ । उद्यमी बन्न अब नेपालमै वातावरण बनिरहेको जस्तो अनुभव गरेको छु । स्टार्टअपलाई चिन्न र चिनाउन सहयोगी सन्तोष ताम्राकार स्टार्टअप व्यवसायी विशेषगरी यस कार्यक्रमले स्टार्टअप व्यवसायीलाई चिन्न/चिनाउन गर्न सहयोग पुगेको छ । यद्यपि, यसका कार्यक्रम अन्तर्गत गरिने अवार्ड वितरण प्रक्रियालाई भने पारदर्शी बनाउनुुपर्ने मेरो सुझाव छ ।

सम्बन्धित सामग्री

कुमारी बैंक र एनसीसी बैंक मर्जरपश्चात् कुमारी बैंक लिमिटेडको नामबाट कारोबार हुने

कुमारी बैंक लिमिटेड नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) १ः१ शेयर अनुपातमा मर्जर भई बन्ने बैंक कुमारी बैंक लिमिटेडको नामबाट सञ्चालन हुने भएको छ ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक गाभिँदै

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स बैंक १ः१ शेयर अनुपातमा गाभिने भएका छन्। गाभिएपछि यसलाई कुमारी बैंक लिमिटेडकै नामले सञ्चालन गरिने भएको छ।...

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयर बीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान सम्बन्धमा सम्झौता भएको छ।...

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपामा रहेको बनेपा डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ ।  सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त डेन्टल...

कुमारी बैंक र माया मेट्रो अस्पतालबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पतालबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वास्थ्योपचार सम्बन्धी सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूले सो अस्पतालबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट र क्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, इन्डोस्कोपी, बेड […]

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र काभ्रे, बनेपास्थित सुप्रिम डेन्टल केयरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । यस सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा प्रतिशत, ओर्थोदोंतीक्समा प्रतिशत, पेदोदोंतिक्समा प्रतिशत, […]

कुमारी बैंक र महाराजा रिसोर्टबीच सम्झौता

काठमाडौँ– कुमारी बैंक लिमिटेड र कालिकानगर, बुटवलस्थित महाराजा रिसोर्ट प्रा. लि. बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई महाराजा रिसोर्ट प्रा. लि. बाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ। सो सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नविनमुनि बज्राचार्यले तथा महाराजा रिसोर्टका तर्फबाट महाप्रबन्धक रमेश गैरेले हस्ताक्षर गरेका छन् । डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको […]

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...

कुमारी बैंक २१ औं वर्षमा

कुमारी बैंक लिमिटेड आइतबार देखि २१ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा बैंकले कार्ड र डिजिटल प्रडक्टको विस्तार तथा प्रयोगमा बढोत्तरी गर्ने लक्ष्य लिएको छ।...

कुमारी बैंक र टेलेउपचारबीच व्यावसायिक साझेदारी

कुमारी बैंक लिमिटेड तथा टेलेउपचार डटकमबीच व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।