निर्वाचन सुरक्षामा प्रहरीले सेनासँग माग्यो २ हजार साना हतियार

स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले सेनासँग २ हजारभन्दा धेरै साना हतियार मागेको छ । तर, आइतबारसम्म सेनाले करिब ७ सय थान हतियार प्रहरीलाई दिएको छ । निर्वाचन सुरक्षाका लागि हतियार अपुग भएपछि प्रहरीले सेनासँग पेस्तोल दिन माग गरेर पत्राचार गरेको थियो ।साना हतियार अपुग भएपछि नेपाली सेनासँग लिएर सुरक्षामा प्रयोग गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । उनले भने–‘केही थान चिनियाँ पेस्तोल लिएर प्रयोग गरिरहेका छौं ।’ सेनाले प्रहरीलाई चुनाव सु

सम्बन्धित सामग्री

प्रहरीले सेनासँग माग्यो २८ सय साना हतियार

काठमाडौँ । मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरी’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो । निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ […]

प्रहरीले सेनासँग सापट माग्यो २८ सय साना हतियार

मङ्सिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रहरीले सेनासँग साना हतियार मागेको छ । निर्वाचनको सुरक्षामा साना हतियार अपुग हुने निष्कर्ष सहित प्रहरी प्रधान कार्यालयले ‘बालगिरि’मा हतियार दिन सेनालाई पत्राचार गरेको हो ।निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागी ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिन पत्राचार भएको छ,’  ती उ

निर्वाचनमा सेनाका हतियार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।

निर्वाचन सुरक्षामा प्रहरीलाई २५ सय साना हतियार अपुग, सेनासँग सापटी लिइने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि साना हतियार अपुग हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, ती उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरह

स्थानीय तह निर्वाचन : साना र लाइसेन्सवाला हतियारको चुनौती कति ?

स्थानीय तह निर्वाचनमा दुई प्रकारका हतियार निगरानी र व्यवस्थापनको चुनौती सुरक्षा निकायसँग छ । पहिलो, नेपाल–भारत सीमाबाट अवैध रूपमा भित्रिने साना हतियार र अर्को, जिल्ला प्रशासनको स्वीकृतिमा खरिद गरिएका लाइसेन्स प्राप्त हतियार ।स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० मा हुने घोषणा गरिएको छ । सो निर्वाचनमा सुरक्षा चुस्त बनाउन सुरक्षा निकाय र गृह प्रशासनले तयारी गरिरहेका छन् । हिजो गाउँ पञ्चायत र आजभोलि गृह मन्त्रालयसँग स्वीकृति लिएर जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स प्राप्त हतियार चुनावमा चुनौती ब

सेनाको नजरमा चार चुनौति, निर्वाचनमा ६० हजार सैनिक परिचालन - Naya Patrika

निर्वाचन सुरक्षाबारे जंगी अड्डामा पृतना बैठक : नेपाली सेनाको बिहीवार सम्पन्न पृतनापति समन्वय वैठकले आसन्न निर्वाचनका लागि चार चुनौतिबारे छलफल गरेको छ । साना हतियार, स्थानीय तहमा दुई गठबन्धनका कार्यकर्ताबीच...पूरा पढ्नुहोस् »