निर्वाचन सुरक्षामा प्रहरीलाई २५ सय साना हतियार अपुग, सेनासँग सापटी लिइने

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि साना हतियार अपुग हुने भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार निर्वाचन सुरक्षाको पहिलो घेरामा खटिने प्रहरीका लागि ठुला हतियारको समस्या छैन । तर, साना हतियार करिब २५ सय अपुग हुने प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । ‘अपुग हतियार सेनासँग सापट लिनेबारे छलफल भइरहेको छ’, ती उच्च अधिकारीले भने, ‘स्थानिय चुनावमा पनि हामीले सेनासँग लिएका थियौँ, यसपटक पनि सेनालाई प्रस्ताव गर्नेबारे छलफल भइरह

सम्बन्धित सामग्री

निर्वाचनमा सेनाका हतियार

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीले थप हतियार सेनामार्फत लिने तयारी गरेको छ। नेपाल प्रहरीसँग रहेका हतियार पर्याप्त नहुने भएकाले सेनासँग सापटी लिने तयारी भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले आवश्यक हतियार नेपाली सेनासँग बालगिरी (काम सकिएपछि फिर्ता गर्ने) सर्तमा साना हतियार लिने तयारी भइरहेको जानकारी दिनुभयो। प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमार्फत सेनासँग निर्वाचन अवधिभर ४० दिनका लागि हतियार लिन पत्राचार गरेको जनाएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सेनासँग झन्डै दुई हजार पाँच सय साना हतियार मागिएको छ।