हत्केलामा ज्यान राखी यात्रा

सिद्धिचरण राजमार्गको यात्रा जोखिम र कष्टकर बन्दै गएको छ । जीर्ण सडक मर्मत र स्तरोन्नति हुन नसक्दा दुर्घटनामा बर्षेनी दर्जनभन्दा बढीले ज्यान गुमाउनुपरेको छ । २०७३ मंसिर २४ गते घुर्मीबाट कटारी लागि आउँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको थियो ।

सम्बन्धित सामग्री

ज्यान हत्केलामा राखेर ‘राप्ती लोकमार्ग’ को यात्रा

असार ५, सल्यान। जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्तर्गतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशौँ वर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।  हिउँदमा धुलोका कारण आजित बनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । विगत केही दिनयताको निरन्तरको वर्षा र सडक माथिबाट झरेको पहिरोका कारण यस सडकखण्ड भएर यात्रा गर्ने सबैले सास्ती खेप्नु परेको स्थानीय बताउँछन् । अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ । घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र वर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको एम्बुलेन्स चालक हेमराज गिरीले बताए । जीर्णावस्थामा रहेको घुमाउरो र साँघुरो सडक भएकाले एक घन्टामा सहजै पार गरिने सल्यान–दाङ सडक अहिले झण्डै ३ घण्टा लाग्ने गरेको उनको भनाइ छ ।  ‘पहिरोले बाटो अबरुद्ध भएपछि बिहीवार चाउचाउको भरमा रात काट्यौँ, एम्बुलेन्समा सुतेर बिउझिँदा पहिरो झरेर झण्डै आधा पुरिसकेको रहेछ, धन्न बाँच्न सफल भयौँ, वर्षाको समयमा कतिबेला पहिरो आउँछ भन्ने थाहा नै हुँदैन’ उनले भने ‘सम्बन्धित निकायले बेलैमा सोचेको भए अहिले सास्ती भोग्नु पर्दैनथ्यो ।’  प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सल्यान–दाङको सिमानादेखि सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताइन् । निरन्तरको वर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौ तीन महीनाको लागि सडक चौडाको काम बन्द गरिएको उनले जानकारी दिईन् ।  यस सडकको मर्मत सहित स्तरोन्नतिको जिम्मेवारी पाएको निर्माण कम्पनीले बिगत केही महीना यता काम गर्दै आएको थियो । तर सडक स्तरोन्नतिको काम नसकिएपनि सडक डिभिजन कार्यालयले काम रोक्न परिपत्र गरेको छ ।  पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ । निरन्तरको वर्षा र त्यसपछि सडक माथिबाट आउने पहिरोका कारण सवारीसाधन सञ्चालन गर्न जोखिम भएकाले रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिए ।  वर्षातका कारण सडक माथिबाट पहिरो आउने सम्भावना धेरै भएकाले साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यस सडकखण्ड भएर आवतजावत नगर्न आग्रह गरिएको उनले जानकारी दिए । बिहीवार मात्रै सकडमाथि बाट आएको पहिरोमा परेर एम्बुलेन्स सहित ४ ओटा गाडीमा क्षति पुगेको थियो ।

श्रम गन्तव्य जोखिममा

कोरोना कहर काठमाडौं/इन्छन -दक्षिण कोरिया, कतार, यूएई, बहराईन, साउदी अरब लगायतका दूतावासले कोरोना भाइरस संक्रमण बढ्दो रुपमा रहेको जनाउँदै नेपालीहरुलाई सचेत रहन आवहन गरेका छन् । संक्रमण देखिएका अधिकांश श्रम गन्तव्यमा नेपालीको संख्या धेरै भएका कारण जोखिम भने कायम नै छ । श्रम गन्तव्यमा रहेका कुनै पनि नेपालीमा संक्रमण देखिएको आधिकारिक जानकारी नआए पनि फर्कने नेपाली र भिडभाडमा काम गर्ने नेपालीहरु भने उच्च जोखिममा रहेको देखिन्छ । कोरोना भाइरसका सम्बन्धमा साउदी अरब दूतावासले सूचना जारी गर्दै साउदी अरबको स्वास्थ्य मन्त्रालयले हालसम्म कसैमा कोरोना भाइरसको संक्रमण भएको छैन भनी जानकारी गराएको छ । खाडीका अन्य देशमा संक्रमण देखिएकाले साउदी जाने इस्लाम धर्मावलम्वीहरुका सबै प्रकारका भ्रमण अस्थायी रूपमा बन्द गरिएको छ । यस सम्बन्धी भिसा प्रकृया नै बन्द गरिएको छ । साउदी भ्रमणमा समा निर्धारण जनवादी गणतन्त्र चीन (ताइवान, हङकङ र मकाउ समेत) र इरानको भ्रमण गरेका कुनै पनि नागरिकले भ्रमण समाप्तिको १४ दिन पूरा भएपछि मात्र साउदी अरबको भ्रमण गर्न पाउने व्यवस्था गरिएको छ । “यो शर्त पूरा नगरेका नेपाली नागरिकहरु ती स्थानबाट साउदी अरब नआउनुहुन अनुरोध छ,” दूतावासद्धारा जारी सूचनामा भनिएको छ “ट्रान्जिटमा रहनेहरुका लागि पनि यो व्यवस्था लागू हुने छ ।” केही देशहरुबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी अरब जान अस्थायी रुपमा बन्द गरिएको छ । नेपालबाट भ्रमण भिसा तथा पर्यटक भिसामा साउदी आउनलाई भने हाललाई बन्द गरिएको छैन । यस प्रावधानले परिवारका सदस्यलाई साउदी अरब ल्याउने तयारीमा रहेका नेपालीले परिवारका सदस्य ल्याउन सक्ने जनाइएको छ । साउदी सरकारले साउदी सेन्टर फर डिजिज प्रिभेन्सन एन्ड कन्ट्रोललाई कोरोना भाइरस परीक्षणको आधिकारिक प्रयोगशाला तोकेको छ । साउदीमा रहेका नेपालीहरुले रुघा खोकी लागेमा, ज्वरो आएमा तथा स्वासप्रस्वासमा समस्या देखिएमा साउदी सरकारले निर्धारण गरेको परीक्षणस्थलबाट सेवा लिन सक्ने दूतावासले जनाएको छ । आफूले काम गर्ने कम्पनीलाई समेत साउदी सरकारले तोकेको प्रयोगशालामा परीक्षण गराउन अनुरोध गर्न भनिएको छ । साउदी सरकारले देशका विभिन्न २५ वटा अस्पताललाई यो रोगको उपचारका लागि तयारी अवस्थामा राखेको र २ हजार २०० बेडहरुलाई क्वारेन्टाइन बेडका रुपमा व्यवस्था गरेको जनाइएको छ । साउदी अरबका केही छिमेकी मुलुकहरु संयुक्त अरब इमिरेट्स (यूएइ), कुवेत, बहराइन तथा कतारमा यो रोगका विरामीहरु फेला परेका छन् । तसर्थ, यी देशहरुको भ्रमण गर्नुपर्ने अवस्थामा पूर्ण सजगता अपनाउनु हुन अनुरोध गरिएको छ । कतारमा रहेका नेपालीलाई सचेत रहन अनुरोध कतारस्थित नेपाली दूतावासले समेत कतारको स्वास्थ्य मन्त्रालयले हेल्थ एडभाईजरी जारी गरेको जनाउँदै हालै इरानबाट उद्धार गरी ल्याएका कतारी नागरिकहरुमध्ये एक जना ३६ वर्षिय कतारी नागरिक (पुरुष) कोरोना भाइरस को बाट संक्रमित भएको पुष्टि भएको जनाइएको छ । संक्रामक नागरिकलाई सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा राखी उच्च निगरानी उपचार भईरहेको जनाएको छ । राजदूतावासले सूचना जारी गरी सतर्कता अपनाउन कतारमा रहेका सबै नेपाली नागरिकहरुमा अनुरोध गरेको छ । दूतावासले अत्यावश्यक अवस्थामा बाहेक विभिन्न अवसरमा आयोजना गर्ने कार्यक्रमहरु (वार्षिकोत्सव, पिकनिक, सांस्कृतिक कार्यक्रम, सम्मान समारोह आदि) हाललाई संचालन नगर्न र नगराउन अनुरोध गरेको छ । यसैगरी जापान, यूएई, बहराईन, कुबेत लगायतका दूतावासले समेत सचेत रहन नेपालीलाई अनुरोध गरेका छन् । उच्च जोखिममा कोरिया तर नेपाली सुरक्षित कोरियास्थित नेपाली कार्यरत आप्रवाशी कामदारहरुमा कोरोनाको लक्षण देखिएको छैन । यो समाचार तयार पार्दासम्म कोरियामा नेपालीहरु सुरक्षित छन् । कोरियामा कार्यरत नेपालीहरुका नेपालमा रहेका आफन्तहरु चिन्तित नरहन यहाँ कार्यरत नेपालीहरुले आग्रह गरेका छन् । एनआएनए कोरिया शाखाले सोमबार एक विज्ञप्ती प्रकाशित गर्दै यहाँ रहेका आप्रवाशीहरु हालसम्म सुरक्षीत रहेको जनाएको छ । राजधानी सउलबाट ३ सय ५० किलोमिटर दक्षिण थेगु सहरको सिन्छोन्जी चर्चबाट फैलिएको कोरोनाले त्यहाँ भने व्यापक रुप लिएको छ । दैनिक ३ देखि ५ सय जनासम्ममा कोरोना भाइरसको लक्षण देखिएको समाचारमाध्यमले जनाइरहेका छन् । कोरोनाबाट संक्रमित र मृत्यु हुने अधिकाशं चर्चका सदस्यहरु रहेका छन् । चर्चका प्रमुखले ली मानहीले सोमबार सार्वजानिक रुपमा माफि मागेका समाचार सस्थाहरुले जनाएका छन् । हालसम्म कोरोना संक्रमित हुनेहरु र निधन हुनेहरु अधिकांश वृद्धवृद्धा र बालबालिका मात्र रहेका छन् । सरकारले विद्यालयहरु, चर्चहरु, विवाह उत्सवहरु, पार्टी जन्मोत्सव जन्यलगायतका जमघटका कार्यक्रम नगर्न नागरिहरुसमक्ष अनुरोध गरेको छ । तर एकाधवाहेक अधिकाशं उद्योग, कलकारखानाहरु खुलिरहेका छन् । राष्ट्रपति मुन जेइनले संक्रमित क्षेत्र थेगुमा गएर नागरिकसमक्ष माफी मागिरहेका छन् । त्यसैगरि बजारमा मास्क नपाउँदा पनि उनले देशबासीसमक्ष माफी माग्दै स्वास्थप्रति सबै नागरिकहरु सचेत रहन आग्रह गरेका छन् । दक्षिण कोरियामा हालसम्म ५ हजार १ सय ३५ जना संक्रमित र २६ जनाले ज्यान गुमाएका छन् । ३१ जना निको भएर घर फर्र्किएका छन् । चीनको हुवेइ प्रान्तको वुहान सहरबाट निस्कएको कोरोना भाइरस यतिबेला दक्षिण कोरिया, इटाली, इरान, जापान, सिंगापुर, फ्रान्स, हङकङ, स्पेन, अमेरिका लगायत विश्वका ६८ देशमा फैलिएको छ । करिब २ महिनाको समयावधिमा कोरोनाबाट लाखौं नागरिक संक्रमित भएका छन् भने केही हजारले ज्यान गुमाएका छन् । विश्वभर संक्रमण बढ्दो छ । धेरै संक्रमित हुनेमा पहिलोमा चीन छ । जहाँ ८० हजार २८ जना संक्रमित भएका छन् भने २९ सय १२ जनाले ज्यान गुमाएका छन् । इरानमा ९३८ संक्रमित र ५४ जनाको ज्यान गुमाएका छन् । इटालीमा १६९४ जना संक्रमित र ३४ जनाले ज्यान गुमाएका छन् । भने जापानमा ९६२ जना संक्रमित र १२ जनाले ज्यान गुमाइसकेका छन् । लक्षणहरु ड्ड लगातार ज्वरो आउने । ड्ड खोकी लाग्ने । ड्ड श्वास फेर्न गाह्रो हुने । ड्ड निमोनिया हुने । ड्ड श्वासप्रश्वासका अन्य रोगहरुको संक्रमण हुने । ड्ड मिर्गौला फेल हुने । ड्ड रोगप्रतिरोधात्मक क्षमता कमी भएमा मृत्यु पनि हुने। कसरी बच्ने ? ड्ड सरसफाइमा ध्यान दिने । ड्ड धेरै मानिसहरु जमघट हुने ठाउँहरुमा नजाने । ड्ड मास्क लगाएर यात्रा गर्ने । ड्ड खोक्दा वा हाँच्छ्यु गर्दा अरुलाई नपर्ने तरिकाले नाकमुख छोपेर गर्ने। ड्ड बाहिर गएर घर फर्केपछि हातमुख साबुनपानीले धुने। ड्ड स्वास्थको ख्याल गर्ने । ड्ड हात नमिलाउने ड्ड संक्रमणको संका लागेमा तत्काल अस्पताल जाने बक्स सचेत रहन एनआरएनएको आह्वान गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आईएस) बैठकले कोरोना संक्रमण लगायत विभिन्न विषयमा छलफल गरेको छ । शनिबार सम्पन्न बैठकले विश्वव्यापी महामारीको रुपमा देखा परेको कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन सबैलाई अपिल समेत गरेको छ । यसैगरी कुवेतमा काम गर्दागर्दै बालुवाले पुरिएर मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जलि व्यक्त गर्दै गम्भिर घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । बैठकले मृतक र घाईतेहरुको उचित क्षतिपूर्ति दिलाउनका साथै मृतकको शव यथाशिघ्र नेपाल पठाउनको लागि पहल गर्न नेपाल सरकारसँग माग गरेको छ । दुर्घटनामा मृत्यु भएका परिवार र गम्भिर घाईते भएका नेपालीहरुको लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुले सहयोग स्वरुप जनही १ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको छ । गोपाल संग्रौला÷निकुञ्ज तिवारी