काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताउनुभएको छ । आईतवार पार्टी केन्द्रिय समितिको बैठकअघि चःमतिस्थित कार्यालयमा नेता कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । जेन–जी विद्रोहले उठाएका मागहरु पूरा गर्नु अपरिहार्य भएको समेत उहाँको भनाइ छ । उहाँले मुलुकमा सुशासन कायम गर्ने, जेन–जीका माग सम्बोधन गर्ने […]
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूची (ग्रे-लिस्ट) बाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरुसँग जानकारी लिएकी छन्। अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव भुपाल बराल र नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलसमेतको उपस्थितिमा आइतबार प्रधानमन्त्री कार्कीले विभिन्न अनुसन्धान गर्ने निकायबाट ब्रिफिङ लिइन्। ती निकायका प्रमुखले सम्पत्ति शुद्धीकरण कसुरमा समयमै अनुसन्धान तथा […]
भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार निरीक्षण गरेका छन् । बाल सुधारगृहको अवलोकन गर्दै उनले त्यहाँको वस्तुस्थितिबारे अभिरुचिपूर्वक जानकारी लिएका थिए । सुधार गृहको निरीक्षण गर्दै मन्त्री अर्यालले बालबन्दीहरूको शिक्षा, कक्षाकोठा, खानपान, दैनिक जीवनयापन, खेलकुद, पुस्तकालय र बस्ने व्यवस्थालगायतका बारेमा सुधारगृहका अधिकारीसँग जानकारी लिएका थिए । मन्त्री अर्यालले सुधारगृहमा रहेका १८ […]
जनकपुरधाममा हिन्दूवादीहरुले बांगलादेश विरुद्ध प्रदर्शन गरेका छन् । आईतबार साँझ विभिन्न हिन्दूवादी संघ संस्थाले संयुक्त रुपमा बांगलादेश विरुद्ध प्रदर्शन गर्नुका साथै पुतला दहनसमेत गरेका छन् । २ दिन अघि बांगलादेशमा निर्ममतापूर्वक हिन्दू समुदयाका दिपु चन्द्र दासलाई केही मुस्लिम समुदायका व्यक्तिहरुले कुटपीट गरी जिउँदै जलाएको घटनाप्रति आक्रोस जनाउँदै जनकपुरधामका हिन्दूवादीहरुले विरोध गरेका छन् । उनीहरुले हिन्दू […]
सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताए । उनले भने, […]