२०७३ सालमा धरानकी विमला गजमेर र उनका श्रीमान्ले ललितपुरमा सुन पसल खोले। व्यापारको सुरुवात गर्न गजमेर दम्पतीले कोटेश्वरकी सरला गिरीबाट ६ लाख रुपैयाँ ऋण लिए। सुरुमा यो लेनदेन ‘विश्वास’ मा गर्ने भनिए पनि गिरीले मासिक ३६ प्रतिशतको तमसुकमा औँठाछाप नलगाई पैसा दिइनन्। ‘बिस्तारै तिर्दै गइएला’ ठानेर गजमेर दम्पतीले औँठाछाप लगाइदिए। पटक पटक गरेर सावाँको झन्डै […]
काठमाडौँ। सडक डिभिजन कार्यालय काठमाडौँले सहरी क्षेत्रका सडक खाल्डाखुल्डी–रहित (पोटहोल फ्री) बनाउन विशेष अभियान सुरु गरेसँगै सडक मर्मतका काम तीव्र रूपमा अघि बढाइएका छन्। डिभिजन कार्यालयले चक्रपथभित्रका सडकको मर्मत सम्पन्न गरी अब चक्रपथबाहिरका सडक मर्मततर्फ ध्यान केन्द्रित गरेको जनाएको छ। नियमित रूपमा मर्मत हुँदै आएका सडकका खाल्डाखुल्डी तत्काल सुधार गर्नका लागि कार्यालयले ‘सडक पोटहोल मर्मत […]
उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ । आठ कट्ठा जग्गामा १२ करोड १३ लाख १० हजार रुपैयाँको लागतमा भवन निर्माण भएको हो । नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेत र उपप्रमुख महेश्वरी राईले संयुक्त रूपमा सोमबार उद्घाटन गरेसँगै नयाँ भवनबाट सेवा प्रारम्भ भएको छ । पचास प्रतिशत अनुदान र ५० प्रतिशत आन्तरिक स्रोतबाट भवन […]
काठमाडौं। हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा— कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ। सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती—देव एण्ड सायर—भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ। सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख […]