अर्घाखाँचीमा भूकम्प र आगलागीबाट बच्न कृत्रिम अभ्यास

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेल मैदानमा भूकम्प तथा आगलागीबाट बच्नका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । भूकम्प आउँदा के–कस्ता घटना हुन्छन् र कसरी उद्धारको प्रक्रिया गर्न सकिन्छ भनेर जिल्ला सुरक्षा समितिको आयोजना र सन्धिखर्क नगरपालिकाको सह–आयोजनामा कृत्रिम अभ्यास गरिएको सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । पहाडी तथा शहरी क्षेत्रमा भूकम्प […]

सम्बन्धित सामग्री

भूकम्पबाट बच्न सन्धिखर्कमा यसरी गरियाे कृत्रिम अभ्यास

अर्घाखाँची – दिउँसोको समय मानिसहरू घाम तापेर बसिरहेका थिए । सन्धिखर्कको टुँडिखेलबाट एक्कासी भूकम्प आएको भन्ने आवाज आयो । भूकम्प आयो बचाउनुहोस् भन्ने आवाज सुनियो । टुँडिखेलमा रहेको घर भूकम्पले गर्ल्यामगुर्लुम ढल्यो । नजिकै रहेको भान्सा कोठामा दनदनी आगो लाग्यो । घरमा रहेका मानिसहरू भूकम्प आयो, घरमा आगो लाग्यो गुहार गुहार भन्दै बाहिर निस्किए ।  एकैछिनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली आयो । घरमा लागेको आगो निभायो । भत्किएको घरभित्र रहेका र घरमै च्यापिएका चार जनालाई पुरिएको घरब...