सरकारी निकायबाट प्रभावकारी बजार अनुगमन नहुँदा इलाम बजारमा फेरि तरकारीको भाउ एकाएक महँगिएको छ । दसैं, तिहारको समयमा फाट्टफुट्ट बजार अनुगमन भए पनि त्यसपछि नहुँदा व्यापारीले मनपरी ढंगबाट तरकारी बेच्न थालेसँगै भाउ महंगिएको हो ।
यतिबेला बजारमा खाद्यान्न, तरकारी, फलफूल, माछा मासुलगायतका उपभोग्य वस्तुको बजारभाउ बढ्नुपर्ने कुनै कारण नभएको उपभोक्ताको भनाइ छ । तरकारी उत्पादनमा कुनै समस्या नदेखिए पनि बजार मूल्य भने मनपरी छ ।