जापानमा सबैभन्दा लामो समयसम्म शासन गर्नुभएका पूर्व प्रधानमन्त्री शिन्जो आबेको सम्झनामा विश्वसम्पदा सूचीमा रहेको काठमाडौंको बौद्धनाथ स्तुप परिसरमा शोकसभा गरिएको छ । एक मिनेट मौनधारणबाट सुरु गरिएको शोकसभामा दस मिनेटसम्म दिप प्रज्वलन गरिनुका साथै आबेको तस्बिरमा माल्यार्पण गरेर बौद्धनाथ स्तुपको परिक्रमा गरिएको थियो । सभामा पूर्व मन्त्री कमल चौलागाईं, जापानका लागि नेपालका पूर्व राजदूत गणेश …