एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

२७ असार, काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ सेकेण्डमा पूरा गरे । हिट ३ मा दौडिएका उनी आफ्नो हिटमा छैटौं भएर अघिल्लो चरणमा पुग्न भने सकेनन् […]

सम्बन्धित सामग्री

कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास

सुर्खेत । कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा सुर्खेत रंगशालाको निर्माण भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रंगशाला निर्माणको शिलान्यास गरे ।    रंगशाला निर्माण अघि बढाउन कर्णाली खेलकुद विकास परिषद् र निर्माण कम्पनी एमएसीजीएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौंबीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो । रंगशाला निर्माणका लागि प्रदेश सरकारले पहिलोपटक ग्लोबल बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजीएसएल ज्वाइन्टभेन्चर छानिएको हो ।    रंगशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए । ‘खेलकुद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्त्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, ‘हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यसअगावै हाम्रा पूर्वाधार व्यवस्थित भइसक्नुपर्छ ।’ साथै उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरे । शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रंगशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रंगशाला निर्माण गर्ने सरकारको योजनाले खेलकुदको विकासमा बहुआयामिक टेवा पुर्‍याउने धारणा राखे । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार १ अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रंगशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । ‘रंगशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिनेछ,’ परिषद्का सदस्य सचिव सञ्ज्यालले भने, ‘रंगशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्नेछन्, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।’      रंगशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भीआईपी प्यारापिट तथा प्रतीक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपांगतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्नेगरी रंगशालाको ढाँचा तयार गरिएको परिषद्ले बताएको छ । टीभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् । रासस

टोकियो ओलम्पिकमा गोपीचन्द्रको सट्टा सरस्वतीले प्रतिस्पर्धा गर्ने

१७ असार, काठमाडौं । अर्को महिनादेखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने भएकी छन् । यसअघि म्याराथनमा गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने पक्का भए पनि अन्तिम समयमा धेरै सहभागी भएकाले उनको …

बिहीबारदेखि अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता हुने

भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ गतेदेखि १२ गतेसम्म हुने अन्तरनगर एथ्लेटिक्स प्रतियोगिताको तयारी पूरा भएको नगरपालिकाले जनाएको छ। मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख एवं प्रतियोगिता मूल समितिका संयोजक सुनिल प्रजापतिले प्रतियोगिताको अन्तिम तयारी पूरा भएको बताए। निर्वाचनको समयमा जनताबीच व्यक्त प्रतिवद्धता पूरा गर्ने सिलसिलास्वरुप नगरपालिकाले हरेक वर्ष खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको उनले बताए।