उत्तरी बुर्किना फासोमा भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको छ । विद्रोहीहरुको आक्रमणमा परेर कम्तिमा ५० जना सर्वसाधारण बेपत्ता भएको बुर्किनाफासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युन नजिक विद्रोहीहरूले आक्रमण गरेका थिए । ‘आक्रमणमा ११ सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका छन्’ विज्ञप्तिम