कोभिड–१९ महामारीपछि नेपाली सिनेमा सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक मानिन्छ । विश्व सिनेमा बजारले यो अवधिमा ६० प्रतिशतभन्दा बढी आर्थिक घाटा भएको देखाउँछ । नेपाली सिनेमा उद्योगको अवस्था योभन्दा पनि नाजुक रहेको जानकारहरू बताउँछन् । त्यो क्षति के कति भन्नेबारे ठोस तथ्य भने हामीसँग छैन ।