लगातार तीन दिनदेखि अविरल वर्षासँगै आएको बाढीका कारण नेपाल विद्युत् प्राधिकरण दुहवी ग्रिडमा पाँच फिटसम्म पानी जमेको छ । विद्युत् ग्रिडमा पानी जमेका कारण आज बिहानैदेखि सात जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।
दुहवी ग्रिड भएर प्रवाह भएको विद्युत् बिहीबारसम्ममा मात्र सञ्चालन हुने प्राधिकरण दुहवी वितरण शाखा प्रमुख रामउदगार साहले जानकारी दिए । पानी जमेकाले विद्युत् आउने सम्भावना तत्काल कम रहेको र बिहीबारसम्ममा आउने उनले जानकारी दिए ।
ग्रीडमा पानी पसेका कारणले सुनसरी, मोरङ, धनकुटा, भोजपुर, सङ्खुवासभा, खोटाङ र झाप...