२०२५ मा विन्डोज १० बन्द हुने, यसरी अपडेट गर्नुस् विन्डोज ११

माइक्रोसफ्टले विन्डोज १० 22H2 संस्करण नै यो अपरेटिङ सिस्टमको अन्तिम संस्करण हुने जनाएको छ । त्योसँगै विन्डोज १० मा मुख्य अपडेटका साथै सेक्योरिटी प्याच र बक फिक्स पनि उपलब्ध हुनेछैन । आगामी सन् २०२५ को अक्टोबर १४ देखि विन्डोज १० लाई बन्द गर्ने घोषणा माइक्रोसफ्टले गरेको हो । त्यसैले विन्डोज १० का प्रयोगकर्तालाई विन्डोज ११ […]

सम्बन्धित सामग्री

विन्डोज ११ विश्वभरि प्रक्षेपित

वासिंगटन,(एजेन्सी) । विश्वभरि मंगलबारदेखि माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको सबैभन्दा पछिल्लो संस्करण विन्डोज ११ प्रक्षेपण गरिएको छ । विन्डोज १० प्रयोगकर्ताले निःशुल्क अपग्रेड गरेर यसको सेवा लिन सकिने बताइएको छ । विन्डोजका प्रमुख उत्पादन अधिकारी पानोस पानाएले प्रयोगकर्ताहरूका लागि ‘ताजा, सफा र सरल’ सेवा प्रदान गर्न पछिल्लो संस्करणको निर्माण गरिएको बीबीसीलाई बताएका छन् । उनले भनेका […]

विन्डोज ११ सार्वजनिक, के छन् नयाँ विशेषता?

माइक्रोसफ्टको कम्प्युटर अपरेटिङ सिस्टमको नयाँ संस्करण विन्डोज ११ सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक भएको नयाँ संस्करणको विन्डोज यो भन्दा अघिल्लो अर्थात विन्डोज १० चलाइरहेकाहरुमा भने निशुल्क अपडेट हुनेछ । विन्डोजको नयाँ संस्करण ‘क्लिन, फ्रेस र सिम्पलर’ बनाइएको विन्डोजका चिफ प्रोडक्ट अफिसर पानोस पानायले बताएका छन् । नयाँ संस्करण प्रयोगकर्ताले अहिले थाहा भइरहेको कुरा भन्दा […]

विन्डोज ११ ले तत्काल एन्ड्रोइड एप सपोर्ट नगर्ने !

१८ भदौ, काठमाडौं । माइक्रोसफ्टको अपरेटिङ सिस्टम विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि आगामी अक्टोबर ५ देखि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ । कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल […]

विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने

एजेन्सी। सफ्टवेयर कम्पनी माइक्रोसफ्टले विन्डोज ११ मा वर्षेनी नयाँ फिचर आउने बताएको छ। प्रयोगकर्तालाई वर्षेनी कुनै न कुनै रूपमा नयाँ अपडेटको सुविधा दिने माइक्रोसफ्टले बताएको हो। सँगै मासिक रूपमा सुरक्षाका अपडेटहरू पनि दिने कम्पनीले बताएको छ। गत महिना सार्वजनिक भएको विन्डोज ११ विन्डोज १० का प्रयोगकर्तालाई निःशुल्क र नयाँ कम्प्युटर लिनेलाई प्रि-इन्स्टल गरेर दिने बताइएको छ।

तपाईंको कम्प्युटरमा विन्डोज ११ चल्छ कि चल्दैन ? यसरी थाहा पाउनुहोस्

माइक्रोसफ्टले गत बिहीबार आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गर्‍यो । कम्पनीका अनुसार यो नयाँ अपरेटिङ सिस्टम विद्यमान विन्डोज १० कम्प्युटरमा नि:शुल्क रुपमा अपग्रेड गर्न सकिनेछ । यो अंग्रेजी वर्षको अन्त्यसम्ममा विन्डोज ११ आम प्रयोगकर्ताका लागि उपलब्ध हुने बताइएको छ । विन्डोज ११ अपरेटिङ सिस्टम चल्नका लागि कम्प्युटरमा निश्चित न्यूनतम हार्डवेयर हुनैपर्नेछ […]

माइक्रोसफ्टले सार्वजनिक गर्यो ‘विन्डोज ११’

एजेन्सी। प्रविधि कम्पनी माइक्रोसफ्टले ‘विन्डोज ११’ सार्वजनिक गरेको छ। सात वर्ष पुरानो विन्डोज १०लाई विस्थापित गर्दै माइक्रोसफ्टले अपडेटेड भर्जन सार्वजनिक गरेको हो। कम्पनीका अनुसार विन्डोज १० बाट ११मा निःशूल्क रुपमा अपडेट गर्न सकिन्छ। विन्डोज ११ अपडेट गरेपछि डेक्सटपमै ५ लाखभन्दा बढी एपहरु चलाउन मिल्ने बताइएको छ। माइक्रोसफ्ट अमेरिकी प्रविधि कम्पनी हो।

माइक्रोसफ्टले ल्यायो विन्डोज ११, डेस्कटपमै ५ लाख एन्ड्रोइड एप चलाउन सकिने

दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको कम्प्युटर अपरेटिङ सिस्टम विन्डोज ११ सार्वजनिक गरेको छ । एक भर्चुअल समारोहमार्फत् माइक्रोसफ्टले आफ्नो नयाँ पुस्ताको अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । विश्वको सर्वाधिक लोकप्रिय कम्प्युटर अपरेटिङ सिस्टमको रुपमा रहेको विन्डोज १० बजारमा ल्याएको ६ वर्षपछि माइक्रोसफ्टले विन्डोजको अर्को नयाँ संस्करण ल्याएको हो । विश्वमा हाल एक अर्ब […]

आज विन्डोज - ११ सार्वजनिक गर्ने तयारीमा माइक्रोसफ्ट

असार १०, सन फ्रान्सिस्को (अमेरिका) । माइक्रोसफ्टले नयाँ अपरेटिङ सिस्टम विण्डोज- ११ को घोषणा बिहीवार गर्दैछ । कम्पनीले भर्चुअल कन्फ्रेन्सबाट पीसी प्रयोगकर्ताका लागि विण्डोजको नयाँ भर्सन घोषणा गर्ने तयारी गरेको हो । नेपाली समयअनुसार बेलुकी ८ : ४५ बाट  विण्डोज इभेन्ट शरू हुनेछ । विन्डोजको यो नयाँ भर्सनलाई कम्पनीले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण समारोहलाई माइक्रोसफ्टको युट्युब च्यानलमार्फत् प्रयोगकर्ताहरुले प्रत्यक्ष हेर्न पाउनेछन् । कम्पनीका  प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष सत्य नाडेला र चिफ प्रडक्ट अफिसर पानोस पानायले उक्त इभेन्ट होस्ट गर्नेछन् । उसले विन्डोज - १० प्रयोगकर्ताका लागि निःशुल्क रुपमा विन्डोज- ११ को अपडेट प्राप्त हुने पनि बताएको छ । आगामी अक्टोबरदेखि बजारमा आउने यो संस्करण सार्वजनिक गर्नेगरी कम्पनीले काम गरिरहेको बताइएको छ । विण्डोजको नयाँ संस्करणको युजर इन्टरफेसमा धेरै परिवर्तन हुनुका साथै अन्य आधुनिक फिचरहरु पनि थप गरिएको बताइएको छ । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा यो परियोजना अगाडि बढाएको छ । हालै लिक भएको नयाँ फिचरअनुसार विण्डोज- ११ मा सुधारिएको स्टार्ट मेन्यु र टास्कबार, नयाँ एनिमेसन, आइकन, साउन्डका साथै परिस्कृत एप डिजाइन पनि रहेको छ । कम्पनीले सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको छ । नयाँ संस्करणको विन्डोज सार्वजनिक हुनु अगावै त्यसका कतिपय फिचरहरु भने लिक भइसकेको छ । एजेन्सी

माइक्रोसफ्टको विन्डोज ११ सार्वजनिक हुँदै, यी हुन् मुख्य परिवर्तन

सन् २०२५ देखि विन्डोज १० बन्द गर्ने घोषणा गरेको माइक्रोसफ्टले आफ्नो नयाँ संस्करणको विन्डोज अपरेटिङ सिस्टम विन्डोज ११ यही हप्ता सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जुन २४ अर्थात् आगामी बिहीबार हुने माइक्रोसफ्टको एक विशेष समारोहमा विन्डोजको नयाँ भर्सन सार्वजनिक हुनेछ जसलाई माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टममा भएको अहिलेसम्मकै ठूलो अपडेट भनेको छ । उक्त सार्वजनिकीकरण […]