गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहामगर बर्खास्तीमा परेका छन् । एनआरएनए केन्द्रको निर्णयका आधारमा संघको हितविपरितका गतिविधि गरेको आरोपमा उनी बर्खास्तीमा परेका हुन् । संघका महासचिव गौरीराज जोशी र महासचिव डा केशव पौडेलद्वारा हस्ताक्षरित पत्रमा अध्यक्षको रुपमा मगरले संघको विधान विपरित विवादास्पद, गैर जिम्मेवार र अवाञ्छित कृयाकलापमा संलग्न भएको ठहर गरिएको छ । सोही अनुसार यसअघि नै गैरआवासीय नेपाली संघ युकेको कार्य समितीको बहुमतको निर्णय उनलाई अध्यक्षको रुपमा अविश्व