प्रधानमन्त्री शेरबहादुर देउवा (भोलि) शुक्रवार बालुवाटारस्थित सरकारी निवासमा सर्ने भएका छन् ।
ज्योतिषीले हेराएको शुभ साइतमा शुक्रवार प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेको कांग्रेस स्रोतले लोकान्तरलाई जानकारी दियो ।
देउवा मंगलवार प्रधानमन्त्री नियुक्त भएका थिए ।
साइत हेरेर बसाईं सर्ने भन्दै देउवा बूढानीलकण्ठमै बसिरहेका छन् ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।