काठमाडौं : पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरूद्ध भइरहेका क्रियाकलापप्रति सर्वोच्च अदालत बार एशोसिएशनले आपत्ति जनाएको छ।बिहीबार विज्ञप्ति जारी गर्दै बारले प्रधानन्यायाधीशको पुत्ला दहन गर्ने, पदीय मर्यादामाथि गम्भीर आक्षेप लगाई गालीगलौज गर्ने, भ्रम सिर्जना गर्ने, अफवाह फैलाउने जस्ता क्रियाकलापप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गर्ने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी गरेपछि प्रधानन्यायाधी