नागरिक स्टक डिलरको साधारणसभा आह्वान, डेढ अर्बको आईपिओ निष्काशन प्रस्ताव पेश हुने

नागरिक स्टक डिलर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते दिउँसो ३:३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा सभा आह्वान गरेको हो ।सभामा अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, प्रबन्धपत्र  नियमावलीमा आवश्यक संशोधन गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, संचालकको मनोनयन/निर्वाचन गर्ने, संचालकको भत्ता, पारिश्रमिक, सेवा, सुविधा निर्धारण गर्ने  लगायतका साधारण प्रस्ताव पेश हुने छन् ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत डेढ अर्बको आईपिओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ  । कम्पनीले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड बराबरको १,५०,००,००० कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित) प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्न लागेको हो । साथै, सर्वसाधारणलाई निष्काशन गर्ने क्रममा आइपर्ने सम्पूर्ण कार्यहरु गर्नको लागि सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव सभामा पेश हुने छ ।त्यस्तै विशेष प्रस्ताव अन्तर्गत नै कम्पनीको प्रबन्धपत्रको दफा ४(छ) मा संशोधन र दफा ५ मा (ड) थप गर्ने र  विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुने छ।यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

सम्बन्धित सामग्री

कांग्रेस महासमिति बैठकमा हिन्दू राष्ट्रसम्बन्धी प्रस्ताव पेश

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दू राष्ट्र नेपाल निर्माणसम्बन्धी प्रस्ताव पेश भएको छ।...

विद्युतीकरण, बाटो निर्माणका लागि एमसिसी प्रस्ताव पेश गरिएको हो: गृहमन्त्री

एमसिसी राष्ट्र हितका लागि रहेकाले प्रस्ताव पेश गरेको गृहमन्त्री बालकृष्ण खाँणले बताए।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पेश

प्रतिनिधिसभाको आज (आइतबार) बसेको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको छ।...

प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका हुन् । सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न सङ्घीय सरकारलाई दबाब दिने उद्देश्यले सो सङ्कल्प ल्याएको बताए । मधेस प्रदेश सरकारलाई प्रदेश प्रहरी गठन, सञ्चालन र भर्नामा सङ्घीय सरकारले अवरोध गरेकाले प्रदेशसभामा सङ्कल्प प्रस्ताव ल्याएको मन्त्री साहले जानकारी दिए । आफूले संविधान पाए पनि मधेसको दृष्टिकोणले पूर्ण सं...

प्रदेश– १ सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश

प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका छन् ।शुक्रबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा बैठकमा पेश गरेका हुन् । आचार्यले आफूमाथि विश्वासको मत छ भन्ने स्पष्ट पार्न संविधानको धारा ११८ को उपधारा २ बमोजिम विश्वासको मतको प्रस्ताव पेश गरेको जानकारी दिए । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव […]

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव पेश

पोखरा, बैशाख १४। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सोबबारबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश गरे । गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समावादी पार्टीका २८ प्रदेशसभा सदस्यको हस्ताक्षर सहित बैशाख […]

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश

१३ वैशाख, पोखरा । गण्डकी प्रदेश सभामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ । सोमबार सुरु भएको विशेष अधिवेशनमा प्रस्तावित मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले सदनमा अविश्वासको प्रस्ताव पेश गरे । प्रस्ताव पेश गर्दै नेता कृष्णचन्द्र नेपालीले संघीय र प्रदेश सरकार असंवैधानिक र अलोकतान्त्रिक बाटोमा हिँडिरहेकाले अविश्वासको प्रस्ताव […]

अविश्वासको प्रस्ताव पेश

प्रदेश नं १ को प्रदेशसभाको आज सञ्चालन भएको सातौँ तथा हिउँदे अधिवेशनमा प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभा सदस्य एवं अविश्वास प्रस्तावका  प्रस्तावक इन्द्रबहादुर आङवोलाई नेपालको संविधानको धारा १८८ (४४) तथा प्रदेशसभा  नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेशका मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव नियम १२९ (४) बमोजिम सदनमा पेश गर्ने अनुमति दिएका हुन् । आज अपराह्न २ बजे बोलाइएको बैठक दिनको ३ः५५ बजे शुरु भई करीब...

प्रदेश सभामा मुख्यमन्त्रि राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश

इटहरी / प्रदेश न १ काे प्रदेश सभा बैठकमा मुख्यमन्त्रि शेरधन राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश भएकाे छ । आज बसेकाे प्रदेश सभा बैठकमा इन्द्रबहादुर आङ्बाेले अविश्वास प्रस्ताव पेश गरेका हुन् । पुस १२ गते प्रदेश सभा सचिवालयमा दर्ता भएकाे प्रस्ताव पेश भएकाे हाे । बैठकमा सरकार पक्षका ससादहरकाे उपस्थिती थिएन् । याे सँगै प्रदेश... The post प्रदेश सभामा मुख्यमन्त्रि राइ बिरुद्धकाे अविश्वास प्रस्ताव पेश appeared first on Purbeli News.