श्रम अदालतमा मुद्दा संख्या घट्यो

आर्थिक वर्ष २०६५/६६ को तुलनामा २०६६/६७ मा श्रम अदालतमा १२ वटा मुद्दा परेका छन् । मुलुकमा श्रम विवाद बढिरहेका बेला श्रम अदालतमा भने मुद्दा दर्तामा कमी आएको छ । गत वर्ष ८४ मुद्दा दर्ता भएका थिए । मुद्दा दर्तामा कमी आए पनि फर्स्योट प्रक्रियामा सक्रियता बढेको श्रम अदालतका रजिष्ट्रार कृतबहादुर बोहोराले बताए । ‘केही वर्ष सामान्य मुद्दाको फैसला हुन पनि लामो समयै लाग्यो तर अहिले त्यो अवस्था छैन । कुनै कुनै मुद्दाको फैसला १० दिनमै भएको प्रमाण छ’ रजिष्ट्रार बोहराले भने, ‘विगतमा वार्षिक २ सय फस्र्योट गर्न बाँकी मुद्दाहरु रहन्थे र अहिल त्यो संख्या घटेको छ ।’   आव २०६६÷६७ मा श्रम अदालतले एक सय ९ मुद्दा फर्स्यैाट गरेको छ । अघिल्ला वर्ष एक सय ३ मुद्दा फस्र्योट गरेको थियो । करिब ८० प्रतिशत फैसला श्रमिककै पक्षमा भएको र अािधकांश मुद्दाहरु व्यवस्थापन विरुद्ध परेका अदालतले जानकारी दिएको छ । गत आवमा अघिल्ला वर्षको बाँकी एक सय २१ र नयाँ ७२ गरी कुल १ सय ९३ मुद्दा दर्ता भएका थिए । यीमध्ये ८४ मुद्दा विचाराधीन रहेका छन् । मुद्दा फस्र्याेटमा सक्रियता देखाए पनि दक्ष कामदार तथा बजेट अभावका कारण अदालतले राम्रो काम गर्न नसकेको रजिष्ट्रार बोहरा स्वीकार्छन् । अधिकांश मुद्दाको फैसला ढिलो हुनुमा जिल्लास्थित श्रम कार्यालय नै जिम्मेवार भएको उनको आरोप छ । वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

सम्बन्धित सामग्री

एनसेलका कर्मचारीले जिते १ अर्व ४१ करोडको मुद्दा (श्रृंखला– २२)

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफनै कर्मचारी माथि ठगी गरेको विषयमा श्रम अदालत बाधक वनेको छ। आफु माथि अन्याय भएपछि कर्मचारीले एनसेल विरुद्ध श्रम अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दामा ...