राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते काठमाडौंमा राष्ट्रिय भेला गर्ने भएको छ । बुधबार केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पहिलो राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो । पार्टीको बन्द कार्यशालाबाट सिफारिस भएअनुसार पहिलो राष्ट्रिय भेला असोज १ र २ गते काठमाडौँमा आयोजना गर्ने निर्णय भएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।