जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन मुलुकका विभिन्न भूभागमा आंशिकदेखि भारी वर्षा हुने सम्भावना रहेको छ । हाल बंगालको खाडीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसममा पनि परिवर्तन देखिएको महाशाखाको भनाइ छ ।