प्रधानन्यायाधीशको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘न्याय मार्चपास'

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको विरोधमा आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म मार्चपास हुँदैछ । नेपाल बार एसोसिएशन र अन्य पेसागत सङ्घसंस्थाले  दिउँसो २ बजे संयुक्त रुपमा ‘न्याय मार्चपास’ गर्न लागेका हुन् । नेपाल बार एसाेसिएशनले प्रधानन्यायाधीश जबरा विरुद्ध आन्दोलन गर्दै आएको छ । प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन र  सम्पत्ति छानबिन गर्न माग गर्दै सर्वोच्च अदालतको गेटबाट सुरू हुने न्याय मार्चपास बालुवाटार पुगेर सकिनेछ । नेपाल बार एसोसिएशन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महास...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले बारका पदाधिकारीलाई बोलाए बालुवाटार

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नेपाल बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बोलाएका छन् । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले छलफलका लागि बोलाएको बताए ।प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलन गर्दै आएको नेपाल बार र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीलाई छलफलका लागि बालुवाटार बोलाएका हुन् ।गत सोमबार बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७