गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? मोसन सिकनेसबाट जोगिने वैज्ञानिक उपाय

मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भने केहीलाई लामो यात्रा वा उबडखाबड बाटोमा मात्रै लक्षण देखिन्छन्। वैज्ञानिक अनुसन्धानले यसका कारण बुझ्न र लक्षण कम गर्न विभिन्न उपाय पहिचान गरेका छन्।