कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता कायमै राखेको छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका उम्मेदवार नवराज ऐरले ७९३ मत प्राप्त गरेका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का रणबहादुर महराले ६६३ मत प्राप्त गरेका छन् । यसैगरी नेपाली काँग्रेसका चिन्तामणि भट्टले ४६९ मत प्राप्त गरेका छन् ।त्यस्तै उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी)का माधव पन्तले ५७१, एमालेका मोनिका भट्टले ५२० र काँग्रेसका कल्पना जोशीले ५०९ मत प्राप्त गरेका छन् ।