काठमाडौं । इन्द्रजात्राको अन्तिम दिन बुधबार भक्तपुरमा परम्परागत पुलुकिसी (ऐरावत हात्ती)जात्रा मनाइएको छ । पुलुकिसी जात्रा मनाएसँगै भक्तपुरमा इन्द्रजात्रा पनि सम्पन्न गरिन्छ । स्थानीय लाकुलाछेंटोलबाट सुरु गरिने पुलुकिसी जात्रा भक्तपुर बुलुचा, नासमना, वंशगोपाल, इटाछे, खौमा, दरबार स्क्वायर, भोलाछें, महालक्ष्मीस्थान, थालाँछें, गछें, सुजमारी, तचपाल, इनाचो, गोल्मढी, तिबुक्छेंलगायतका स्थानमा परिक्रमा गर्ने प्रचलन रहेको छ । पुलुकिसी जात्रा […]