मूल्यवृद्धि फिर्ता नभए आन्दोलन : नेविसंघ

सत्तारुढ कांग्रेसनिकट नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ । संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानाले बिहीबार विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले १५ दिनको अन्तरालमै दुई पटक मूल्यवृद्धि गरेको भन्दै त्यसमा हस्तक्षेप गरी मूल्यवृद्धि खारेज गर्न माग गरेको हो ।

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने नेविसंघको चेतावनी

काठमाडौँ । नपाल विद्यार्थी सङ्गठन (नेविसंघ)ले आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । चाडपर्वका बेला १५ दिनको अन्तरालमा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेविसंघले मूल्यवृद्धि फिर्ता ल्याउन माग गरेको हो ।