सीमा नाकाको आवागमनलाई सहज बनाउन डीआईजीको निर्देशन

लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यले सीमा नाकाको आवागमनलाई सहज बनाउन मातहतका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् । कोरोना संक्रमणका कारण डेढ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्ड सहितको आवागमनलाई सहज बनाउन उनले निर्देशन दिए । ६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले मंगलवार आयोजना गरेको ‘अमर प्रहरी स्मारक’को उद्घाटन कार्यक्रममा बोल्दै डीआईजी आचार्यले चेकजाँचका नाममा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए ।  चाडपर्व नजिकि...

सम्बन्धित सामग्री

सीमा नाकाको आवागमन सहज बनाउन डिआइजी आचार्यको निर्देशन

कोरोना संक्रमणका कारण डेढ वर्षदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन उहाँले निर्देशन दिनुभयो ।

सीमा नाका बन्द भए पनि सीमापारी गएर खरिदारी गर्ने क्रम फेरि बढ्यो

कोभिड महामारीका कारण गत चैत ११ गतेपछि बन्द भएको यहाँस्थित नेपाल भारत जमुनाहा सीमा नाका अझैँ पनि औपचारिक रुपमा खुलेको छैन । औपचारिक रुपमा सीमाना बन्द रहेपनि आवश्यक काम पर्नेहरुलाई मात्र दुबैतर्फ आवागमन गर्न दिइएकोमा नेपाली उपभोक्ताहरुले फेरि सीमापारी गएर ठुलो परिमाणमा मालसामान खरिद गरेर ल्याउन थालेको पाइएको छ । नेपाली उपभोक्ताले आवश्यक कामको बहानामा सीमापारी रुपैडिहा बजार जाने र ठूलो परिमाणमा मालसामान किनेर भन्सार राजस्व नतिरी नेपालगञ्ज भित्र्याउने कार्य भैरहेको पाइएको नेपालगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ । संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सीमाना बन्द रहेकै अवस्थामा यसरी सीमापारी गएर खरिदारी गरेको सामानलाई राजस्व नतिरेर ल्याउनुले नेपालगञ्जको व्यवसायमा असर पारेको बताउनुभयो । उहाँले केही समय पहिलेसम्म सीमानामा कडाईं भएका कारण मानिसहरुले आवागमन गरे पनि सामान ल्याउन नदिएको तर हाल आएर ठूलो संख्यामा मानिसहरु पनि पारी गैरहेको र उनीहरुले घरायसी प्रयोगका धेरै मालसामान राजस्व नतिरेर ल्याउने गरेको बताउनुभयो । अहिले फेरि दैनिक तीनदेखि ५ हजारसम्म नेपाली उपभोक्ता सामान खरिदका लागि सीमापारी रुपैडिहा जाने गरेको पाईएको संघले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कुनै पनि सामान भन्सार नतिरेर ल्याउन नपाउने भनेर कडा निर्देशन दिए पनि सो निर्देशनको समेत पालना नभएको पाईएको नेपालगञ्जका व्यवसायीहरुको गुनोसो छ । उता, माघ १ गतेदेखि सीमानालाई धेरै हदसम्म खुकुलो पारिएको र सर्वसाधारणलाई सहज रुपमा आउन जान दिईएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख सई विष्णु गिरीले अहिले आएर नेपालतर्फबाट पनि सिमाना केही खुकुलो गरिएको हुँदा आवागमन बढेको बताउनुभयो । अहिले किनमेलकै लागि भनेर सीमापारी जान छुट नदिए पनि सीमापारी जानेले किनमेल समेत गरेको हुनसक्ने उहाँले बताउनुभयो । औपचारिक रुपमा सीमाना बन्द रहेपनि अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन् । भारत जान र सामान लिएर आउन अहिले कुनै रोकटोक नभएको नेपालगञ्ज उपमहानगरपालिका–११ का गयास सिद्दिकीले बताउनुभयो । यसरी नेपाली उपभोक्ताले फेरी सीमापारीको रुपैडिहा बजार भरिन थालेपछि त्यहाँ व्यापार व्यवसाय ह्वात्तै बढेको व्यवसायीले बताएका छन् । रुपैडिहाका व्यवसायी सञ्जय मित्तलले ८ महिना जति शुन्य व्यवसाय रहेको रुपैडिहामा अहिले पहिलेकै जस्तै व्यापार व्यवसाय हुन थालेको बताउनुभयो ।