चौलानीलाई मानिसहरू बेकार कुरा ठानेर फ्याँकिदिन्छन् तर स्वास्थ्यका लागि यो रामवाण हो ।
चौलानीमा सबै आवश्यक पोषक तत्त्वहरू भरपूर हुन्छन् । यसको सेवनले तौल घटाउन सहयोग गर्छ अनि रक्तचाप पनि नियन्त्रणमा राख्छ ।
यहाँ हामी चौलानीका केही फाइदाका बारेमा कुरा गर्नेछौं ।
तौल घटाउँछ
चौलानी पिउँदा मेटाबोलिजम बढ्छ । यसमा फाइबर भरपूर हुनाले भोक पनि नियन्त्रणमा रहन्छ जसले गर्दा तौल घटाउन सहज हुन्छ ।
पाचन प्रक्रियामा सुधार
दिनदिनै चौलानी पिउँदा पेटका असल ब्याक्टेरियाहरू सक्रिय हुन्छन् । तिनले पाचन प्रक्रियाल...