मलाई मात्र होइन, सभापतिका लागि पनि भोट माग्छु : गगन थापा

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आफूले महामन्त्री पदमा मात्र नभई सभापति पदमा पनि भोट माग्ने बताएका छन् । बिहीबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका उनले आजसम्म आफ्नो सभापतिको उम्मेदवार नटुंगिए पनि मत हाल्ने दिनसम्म सभापतिका लागि पनि भोट माग्ने बताएका हुन् । ‘मेरो सभापतिका को हुनुहुन्छ मलाइ पनि थाहा छैन, तर […]

सम्बन्धित सामग्री

म ‘लास्ट बेञ्चरवाला’ हुँ तर आत्तिएको छैन : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महामन्त्रीको भूमिकामा खरो रूपमा उत्रिएर सभापतिलाई बल पुर्‍याउने बताएका छन् । पार्टी संरचनामा सभापति शेरबहादुर देउवाको वर्चश्व भए पनि महामन्त्रीका रूपमा काम गर्न चुनौती नहुने थापाको भनाइ छ ।महामन्त्री विश्वप्रकाश शर्मा र आफूबीच पार्टीलाई विधानसम्मत सञ्चालन, आगामी स्थानीय निर्वाचन र सरकार सञ्चारका सन्दर्भमा छलफल भइरहेको थापाले बताए । १४ औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठकपछि रातोपाटीसँग कुराकानीमा थापाले सभापति देउवा र सभापतिका प्रत्याशी शे

कांग्रेस महाधिवेशन : सुविधाजनक बहुमततर्फ देउवा

२ जना महामन्त्रीमध्ये एक जना सभापतिका प्रतिस्पर्धी शेखर कोइराला प्यानलका गगन थापा र अर्को प्रकाशमानसिंह प्यानलका विश्वप्रकाश शर्मा हुनुहुन्छ । तर, दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन देउवालाई नै छ ।

विश्वप्रकाशले पाए प्यानलका सभापति र उपसभापतिका उम्मेदवारले पाएकोभन्दा बढी मत

काठमाडौं, १ पौष । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत महामन्त्रीको प्रतिष्पर्धा रोचक बनेको छ । प्रतिष्पर्धामा गगन थापा फराकिलो मतान्तरले अगाडि छन् । दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्माले पनि लोकप्रीय मत ल्याएका छन् । शर्माले आफ्नो प्यानलका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र उपसभापतिकी उम्मेदवार सुजाता कोइरालाले प्राप्त गरेको मतभन्दा बढी ल्याइसकेका छन् । खसेको कुल […]

यस कारण त्याे ‘ओलीवेशन’, याे अधिवेशन : गगन थापा

काठमाण्डाै – नेपाली का‌ंग्रेसका नेता गगनकुमार थापाले 'ओलीवेशन' र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको छ ।  नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आज बुधवार आयोजना गर्नुभएको प्रतिनिधिहरूलाई धन्यवाद कार्यक्रममा बोल्दै नेता थापाले ओलीवेशन र अधिवेशनको फरक नेपाली कांग्रेसको १४ औँ महाधिवेशनले दिएको बताउनुभएको हो ।  उहाँले एमाले अधिवेशनमा अध्यक्षले गोजीबाट नाम निकालेर पढेको तर कांग्रेसको अधिवेशनमा स्वयम् प्रधानमन्त्...

घोषणा पत्र सार्वजनिक गर्दै सभापतिका प्रत्यासी शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसको सभापतिका प्रत्यासी शेखर कोइरालाले घोषणा पत्र सार्वजनिक गर्ने भएका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा घोषणा पत्र उनले घोषणा पत्र सार्वजनिक गर्दैछन्। संस्थापन इतर समूहका कोइरालाले शनिवार गगन थापा र मिनेन्द्र रिजाललाई महामन्त्रीको उम्मेदवार बनाएर मनोनयन दर्ता गराएका थिए। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिको दौडबाट पछि हट्ने…

शेखर प्यानलको उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङ

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार शेखर कोइरालाले आफ्नो प्यानलबाट सभापतिको उम्मेदवारका रुपमा युवा नेताहरु चन्द्र भण्डारी र धनराज गुरुङको नाम अघि सारेका छन् । कोइराला पक्षको शनिबार बसेको बैठकबाट भण्डारी र गुरुङको नाम फाइनल गरिएको हो । यस्तै, महामन्त्रीको उम्मेदवारमा भने मिनेन्द्र रिजाल र गगन थापा रहेका छन् ।

पौडेल निवासमा साझा उम्मेदवारको खोजी, प्रकाशमान उम्मेदवारी दर्ताको तयारीमा

नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय केन्द्रीय सदस्यहरु छलफलमा  जुटेका छन् । पौडेलको निवास बोहोरा टारमा नेताहरु मिनेन्द्र रिजाल, गगन थापा, अर्जुननरसिंह केसी,  बन्द्री पाण्डे लगायतले पौडेलसँग छलफल गरिरहेका छन् ।पौडेलको संयोजनमा बसिरहेको बैठकमा सभापतिका दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह उपस्थित भएका छैनन् । यस्तै सभापतिको दाबी छोडेका शशांक कोइराला पनि बैठकमा सभागी नभएको पाइएको छ । आज विहान १० बजेबाट उम्मेदवारी दर्ता सुरु हुने भएपनि पौडेल समूहले सभापतिमा साझा उम्मेदवार त

कांग्रेस संस्थापन इतरका सभापतिका चार आकांक्षी छलफलमा

काठमाडौँ– नेपाली कांग्रेसको संस्थापन पक्ष इतरका नेताहरु प्रकाशमान सिंहको निवास चाक्सीबारीमा साझा रणनीति तय गर्न बैठक बसिरहेका छन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता प्रकाशमान सिंह, महामन्त्री सशांक कोइराला र सभापतिका आकांक्षी विमलेन्द्र निधि सहभागी छन्। त्यस्तै, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, रामकृष्ण यादव, प्रदीप पौडेल, बलबहादुर केसीलगायत बैठकमा सहभागी छन्। उम्मेदवार […]